शनिबार, साउन १२ गते २०८१    
images
images
images

सामाजिक सुरक्षा कोषले ब्याजबाट कमायो ३ करोड ७९ लाख

जम्मा भयो सवाँ ९ अर्ब रुपैयाँ , कर्णाली प्रदेशका ८८९ श्रमिक आवद्ध

images
शनिबार, कात्तिक २० २०७८
images
images
सामाजिक सुरक्षा कोषले ब्याजबाट कमायो ३ करोड ७९ लाख

कोषले अहिलेसम्म लगानी प्रतिफल (ब्याज)बाट मात्रै ३ करोड ७९ लाख रुपैयाँ भन्दा बढी आर्यआर्जन गरिसकेको छ। कोषमा २०७८ कात्तिक ८ गतेसम्म ९ अर्ब २५ करोड रुपैयाँ जम्मा  भएको छ।

images

काठमाडौं- योगदानमा आधारित सामाजिक सुरक्षा कोषले रोगजारदाता (कम्पनी/फर्म/व्यक्ति) र योगदान कर्ता (श्रमिक)बाट संकलन गरेको रकम ब्याजमा लगाउँदै आएको छ।

images
images

कोषले अहिलेसम्म लगानी प्रतिफल (ब्याज)बाट मात्रै ३ करोड ७९ लाख रुपैयाँ भन्दा बढी आर्जन गरिसकेको छ। कोषमा २०७८ कात्तिक ८ गतेसम्म ९ अर्ब २५ करोड रुपैयाँ जम्मा भएको छ।

images

कोषले दिएको जनाकारी अनुसार २ लाख ९० हजार ५ सय ५८ जना श्रमिकबाट उक्त रकम संकलन भएको हो। कोषमा अहिलेसम्म १५ हजार ६ सय ४५ जना रोजगारदाता कम्पनी सहभागी भएका छन्।

कोषमा जम्मा भएको रकममध्ये औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजना शीर्षकमा २८ करोड ८५ लाख ९६ हजार, दुर्घटना तथा असक्तता सुरक्षा योजना शीर्षकमा ४० करोड ४० लाख, आश्रित परिवार सुरक्षा योजना शीर्षकमा ७ करोड ७९ लाख र वृद्ध अवस्था सुरक्षा योजनामा ७ अर्ब १८ करोड ३० लाख रुपैयाँ जम्मा भइसहेको छ।

images

यसैगरी, साधारण अवकाष कोषमा ९९ करोड २९ लाख, अतिरिक्त योगदान कोषमा ५ करोड ८८ लाख र अन्य कोषबाट स्थानान्तरण शीर्षकमा १० करोड ६८ लाख  रुपैयाँ जम्मा भएको छ।

३९ करोड ७८ लाख रुपैयाँ भुक्तानी

कोषले अहिलेसम्म योगदानकर्तालाई विभिन्न शीर्षकमा ३९ करोड ७८ लाख रुपैयाँ भुक्तानी गरेको छ। कोषले दिएको जानकारीअनुसार औषध उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना शीर्षकमा ६ करोड  ९८ लाख ५७ हजार रुपैयाँ भुक्तानी भएको छ।

यसैगरी दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा ५६ लाख १५ हजार, आश्रित परिवार सुरक्षा योजनामा ९९ लाख ६० हजार र वृद्ध अवस्था सुरक्षा योजनामा ३१ करोड २४ लाख ३२ हजार रुपैयाँ भुक्तानी गरेको छ। कोषले अहिलेसम्म ९ हजार ३४ जनालाई विभिन्न शीर्षकमा रकम भुक्तानी गरेको छ। 

कुन प्रदेशका योगदानकर्ता कति?

कोषमा अहिलेसम्म कुल २ लाख ९० हजार ५ सय ५८ जना योगदान कर्ता सूचीकृत भएका छन्। जसमा सबैभन्दा बढी बागमती प्रदेशका २ लाख १७ हजार ५ सय ८९ जना योगदान कर्ता रहेका छन्।

यसैगरी, प्रदेश एकबाट ३० हजार ४ सय ३३, प्रदेश २ का १७ हजार ५ सय ६९ , गण्डकी प्रदेशका १२ हजार ५९, लुम्बिनीका १० हजार ८ सय २९, कर्णालीका  ८ सय ८९ र सुदूरपश्चिमका १ हजार १ सय ९० जना योगदान कर्ता कोषमा सूचीकृत भएका छन्।


प्रकाशित : शनिबार, कात्तिक २० २०७८०८:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend