शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

ओला विद्युतीय कारको डिजाइन लिक, टेस्ला मोडल थ्री र वाईसँग मिल्दोजुल्दो

images
आइतबार, असार ३ २०८०
images
ओला विद्युतीय कारको डिजाइन लिक, टेस्ला मोडल थ्री र वाईसँग मिल्दोजुल्दो

ओलाले दर्ता गरेको नयाँ विद्युतीय कारको पेटेन्टअनुसार गत वर्ष कम्पनीले सार्वजनिक गरेको टिजरको तुलनामा निक्कै आकर्षक रहेको छ।

images
images

काठमाडौं- भारतीय विद्युतीय सवारी उत्पादक कम्पनी ओला इलेक्ट्रिकले गत अगस्ट १५ मा पहिलो पटक सार्वजनिक गरेको विद्युतीय कारको डिजाइन लिक भएको छ। ओला भारतको स्टार्टअप विद्युतीय सवारी कम्पनी हो। 

images
images
images

ओलाले २०२१ मा पनि अगस्ट १५ कै दिन आफ्नो पहिलो उत्पादन विद्युतीय स्कुटर एसवान प्रो सार्वजनिक गरेको थियो। विद्युतीय स्कुटर बजारमा ल्याएर चर्चा बटुलेको ओलाले विद्युतीय कारबाट समेत राम्रै अपेक्षा राखेको छ। 

images
images

अगस्ट १५ मा टिजर सार्वजनिक गरेको नयाँ विद्युतीय कारका डिजाइन लिक भएको हो। यो कारको औपचारिक सार्वजनिकीकरण २०२४ मा हुने ओलाले यसअघि बताएको थियो। 

images
images

ओलाले दर्ता गरेको नयाँ विद्युतीय कारको पेटेन्टअनुसार गत वर्ष कम्पनीले सार्वजनिक गरेको टिजरको तुलनामा निक्कै आकर्षक रहेको छ। ओलाको विद्युतीय कारको समग्र बिहिरी डिजाइन अमेरिकी कार उत्पादन टेस्लाको मोडल थ्री र मोडल वाईसँग धेरै मिल्दोजुल्दो रहेको भारतीय सञ्चार माध्यमहरूले लेखेका छन्। 

ओलाले भारतमा लिथियम आयन ब्याट्री उत्पादन गर्ने गरि पीएलआई योजनामा समेत सहभागी भएको छ। ओलाले केही समयअघि लिथियम आयन सेल सार्वजनिक गरेको थियो। 

ओलाले विद्युतीय कार प्लान्ट स्थापना गर्न करिब १ हजार एकड जमिन खोजिरहेको थियो। यो आकारको जमिन भेटेमा ओलाले अहिले एसवान सिरिजको विद्युतीय स्कुटर उत्पादन गर्दै आएको फ्युचरफ्याक्टीभन्दा दोबर ठूलो हुनेछ। 

केही महिनाअघि ओलाको स्कुटरमा आगो लागेको घटनाले विद्युतीय दुई पांग्रे बजारमा तरंग उत्पन्न भएको थियो। विद्युतीय स्कुटरमा आगो लागेको विषयमा सरकारले समेत गम्भीर अनुसन्धान गरेको थियो। ओलासहित प्योरको स्कुटरमा समेत आगो लागेको थियो।

ओलाको विद्युतीय कारमा ७० देखि ८० किलोवाट आवरको ब्याट्री प्याक हुनेछ भने यसले एक पटकको फुल चार्जमा ५ सय किलोमिटरभन्दा धेरै रेन्ज दिने अनुमान गरिएको छ। ओलाले केही समयअघि बताएअनुसार नयाँ विद्युतीय कारले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ४ सेकेन्डमै तयगर्ने छ। ओलाको यो विद्युतीय कारको मूल्य २५ लाख भारुभन्दा बढी पर्ने अनुमान गरिएको छ। 


प्रकाशित : आइतबार, असार ३ २०८००७:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend