शनिबार, साउन १२ गते २०८१    
images
images
images

संसारमा सबैभन्दा धेरै उत्पादन भएको जहाज कुन होला? 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक २२ २०७८
images
images
संसारमा सबैभन्दा धेरै उत्पादन भएको जहाज कुन होला? 

यात्रुले यात्रा सुरक्षा बाहेक अरु कुराको चासो लिँदैनन्। 

images

काठमाडौं- तपाईंले जहाजमा यात्रा गर्दा कहिलै सोच्नुभएको छ- आफूले चढेको जहाज कति लोकप्रिय छ? अर्थात् अक्सर तपाईंले यात्रा गर्ने जहाज संसारमा कति प्रयोगमा आएको होला? 

images
images

यात्रुले यात्रा सुरक्षा बाहेक अरु कुराको चासो लिँदैनन्। 

images

संसारमा सबैभन्दा धेरै उत्पादन र प्रयोगमा आएको जहाज कुन होला? संसारको उड्डयन इतिहासमा सबैभन्दा धेरै उत्पादन भएका ३ वटा जहाजका मोडलका बारेमा हामीले विभिन्न स्रोतबाट संकलित सूचनाका आधारमा प्रस्तुत गरेका छौँ-

१ बोइङ ७३७ 

images
Boeing-737-MAX.jpeg

अमेरिकी जहाज निर्माता कम्पनी बोइङले उत्पादन गरेको बोइङ ७३७ सिरिजको जहाज संसारमै सबैभन्दा धेरै उत्पादन भएको छ। बोइङले सन् १९६० को दशकमा पहिलोपटक आएको यो सिरिजमा कम्पनीले अहिले पनि उत्पादन गरिरहेको छ। 

यो सिरिजमा अहिलेसम्म १३ वटा मोडल उत्पादन भइसकेका छन्। संसारका धेरै एयरलाइन्सले प्रयोगमा ल्याइरहेको यो सिरिजको जहाज नेपालका एयरलाइन्सले भने ल्याएका छैनन्। नेपालमा दुईवटा अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्स छन् तीनिहरुले एयरबसका मात्र जहाज सञ्चालन गरिरहेका छन्। 

यो सिरिजका जहाज हालसम्म १० हजार ५८० भन्दा बढी उत्पादन भएका छन्। 

२ एयरबस 'ए३२०'

Airbus-Hero.jpg

संसारमा सबैभन्दा दोस्रो धेरै उत्पादन भएको जहाज हो एयरबसको 'ए३२०' सिरिजका जहाज हुन्। यो सिरिजमा एयरबसले सन् १९८० को दशकदेखि उत्पादन सुरु गरेको थियो। कम्पनीले यो सिरिजमा हालसम्म ९ हजार ५७० भन्दा बढी युनिट उत्पादन गरिसकेको छ। 

नेपालका दुई एयरलाइन्सले यो सिरिजका जहाज सञ्चालन गरिरहेका छन्। छोटो दुरीको रुटमा यो जहाज लोकप्रिय रहेको छ। 

बम्बार्डियर सिआरजे 

Bombardier-CRJ1000-e1561467938734-678x381.jpg

तेस्रो धेरै उत्पादन भएको जहाज हो बम्बार्डियरको सिआरजे सिरिज। क्षेत्रीय जेटका रुपमा परिचित  यो सिरिजका जहाज क्षेत्रीय उडानमा प्रयोगमा आइरहेका छन्। आन्तरिक उडान तथा क्षेत्रीय उडानमा पनि उत्तिकै लोकप्रिय यो सिरिजका जहाज नेपालको आन्तरिक उडानमा सञ्चालनरत छन्। नेपालका श्री र सौर्य एयरलाइन्सले यही सिरिजका जहाजबाट उडान गरिरहेका छन्। यो सिरिजका जहाज हालसम्म १ हजार ९ सय युनिट उत्पादन भएका छन्। 

 


प्रकाशित : सोमबार, कात्तिक २२ २०७८०३:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend