बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

एक महिनाभित्रै क्यालिब्रेसन उडान, सञ्चालनका लागि भने अझै ५ महिना लाग्ने

images
शुक्रबार, कात्तिक १९ २०७८
images
images
एक महिनाभित्रै क्यालिब्रेसन उडान, सञ्चालनका लागि भने अझै ५ महिना लाग्ने

महानिर्देशक क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टेक्निकल स्टाटस (प्राविधिक स्थिती) को काम लगभग सकिसकेको बताउँदै अबको ५ महिनामा अन्तर्राष्ट्रिय उडान हुने बताए।

images
images

काठमाडौं- भैरवामा निर्माण भएरहेका गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकको काम अन्तिम चरणमा पुगेको छ। 

images
images

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अबको ५ महिनामा अन्तर्राष्ट्रिय उडान हुने बताएका छन्।

images
images

महानिर्देशक क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टेक्निकल स्टाटस (प्राविधिक स्थिती) को काम लगभग सकिसकेको बताउँदै अबको ५ महिनामा अन्तर्राष्ट्रिय उडान हुने बताए।

images
images

उनले अबको एक महिनामा केलिब्रेशन फ्लाइट (परीक्षण उडान) गर्ने र त्यसबीचमा आफ्ना आन्तरिक गृहकार्य सम्पन्न गर्ने लक्ष्य लिएको बताए।

महानिर्देशक क्षेत्रीले नाकाबन्दी, भूकम्प, आन्तरिक गृहकार्यमा ठेकेदारले पैसाको जोहो गर्न नसक्नु, स्थानीय निकायसँगको समन्वय गर्न नसक्नु, कोभिड १९, केलिब्रेशन फ्लाइट हामीसँग नभएर विदेशीलाई पैसा तिरे पनि गुहार्नुपर्ने कारणले ढिलो भएको बताए।

उनले एरो थाइले पहिलेको सहमतिअनुसार नै परीक्षण उडान गरिदिने भएको जानकारी दिँदै अब सस्तो र राम्रो कम्पनीलाई छानेर परीक्षण उडान भर्ने बताए।

‘गौतम बुद्ध विमानस्थलको टेक्निकल स्टाटसमा अलमस्ट प्रक्रिया पूरा गरिसकेका छौँ, तुरुन्त गर्नुपर्ने केलिब्रेशन फ्लाइट, अबको एक महिना भित्र हामीले केलिब्रेशन फ्लाइट कम्प्लिट गर्छौं, त्यसको तीन महिना भित्र टेस्ट फ्लाइट, हाम्रो आन्तरिक गृहकार्य, गरेर र त्यो बीचमा हामीले अन्तर्राष्ट्रिय वायुसेवालाई तपाईहरु इन्ट्रेस्ट्रिङ हुनुहुन्छ भने तपाईहरुको सेड्यूल हामीलाई दिन्छौँ, रेडि फर अप्रेशन भनेर हामी आह्वान गर्दछौँ,’ उनलेभने ‘जति नै ढिलो गर्यौं भनेपनि अबको ५ महिनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन्छ, कति वटा एयरलाइन्स आउँछ त्यो पछिको कुरा हो तर वि विल बी रेडी । कुशीनगर विमानस्थल र हाम्रोमा दाँज्न मिल्दैन, उनीहरुको आफ्नै श्रोतसाधन छ, समस्या छैन ।’

विमास्थल निर्माणमा अब केही स–सना काम  मात्रै रहेको छ विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारी बताउँछन। विमानस्थल निर्माणमा अब केही फर्निसिङ र फिनिसिङको काम मात्रै बाँकी रहेको उनको भनाइ छ।

विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार पनि विमानस्थल निर्माणको काम लगभग सम्पन्न भइसकेको छ। उनका अनुसार विमानस्थल निर्माणमा अब साना ठूला गरी तीन वटा मात्रै काम बाँकी रहेको छ। सबैभन्दा महत्वपूर्ण  काम क्यालिब्रेसन उडान बाँकी रहेको छ।

विमानस्थलमा टर्मिनल भवन भित्रको फिनिसिङ र फर्निसिङको केही काम मात्रै बाँकी रहेको अधिकारीले जानकारी दिए। फिनिसिङमा फल्स सिलिङको केही मात्रै काम रहेको र फर्निसिङ अन्तर्गत टेबल कुर्ची तथा काउन्टरहरुको काम बाँकी रहेको उनले बताए। सरकारले अब जुन दिनबाट विमानस्थल सञ्चालन गर्ने भनेर घोषण गरे पनि हुने उनको भनाइ छ।

विमानस्थल निर्माणको काम २०७१ (सन्) २०१५ सालदेखि सुरु भएको थियो। सन् २०१७ भित्र विमानस्थल निर्माण सम्पन्न गर्ने सरकारको लक्ष्य थियो।

भूकम्प तथा नाकाबन्दीसँगै निर्माण कम्पनीको लापरबाहीका कारण विमानस्थल समय बन्न सकेको थिए। फेरि २०७६ चैतबाट सुरु भएको कोरोनाले पनि विमानस्थल निर्माणमा ढिलाइ भएको थियो। विमानस्थल निर्माणमा ३० अर्ब रुपैयाँ ९जग्गा मुआब्जा रकमसहित० खर्च भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको राष्ट्रिय गौरवकाने आयोजना निर्देशनालयका प्रमुख प्रदीप अधिकारीले पनि सरकारले विमास्थल सञ्चालन गनै चाहेको दिनबाट विमानस्थल सञ्चालन गर्न सक्ने अवस्थामा पुगको बताए। 

‘विमानस्थल निर्माणको काम लगभग सकिएको छ’ अधिकारीले भने, ‘क्यालिब्रेसन उडान सम्पन्न भएपछि सरकारले जुन दिन विमानस्थल सञ्चालन गर्ने भन्छ त्यही दिनबाट विमानस्थल सञ्चालनमा आउँछ।’


प्रकाशित : शुक्रबार, कात्तिक १९ २०७८०६:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend