मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

एनआईसी एसिया बैंकको वेबसाइट आकर्षक नयाँ डिजाइनमा

शुक्रबार, असार १ २०८०
एनआईसी एसिया बैंकको वेबसाइट आकर्षक नयाँ डिजाइनमा

काठमाडौं- एन आई सी एशिया बैंकले नयाँ वेबसाइट तयार पारेको छ। बैंकले सेवा तथा सुविधाहरुका साथ लाखौं ग्राहक महानुभावहरुलाई आधुनिक बैंकिङ्गको अभ्यास गराउन थप आकर्षक वेभसाइट तयार पारेको हो। 

बैंकले आफ्ना सेवा तथा सुविधाहरु थप ग्राहकमैत्री बनाउदै लैजाने उद्देश्य अनुरुप हाल सञ्चालनमा रहेकोे वेबसाइटलाई परिस्कृत एवं परिमार्जन गर्दै नयाँ डिजाइन सार्वजनिक गरेको हो। ग्राहकले खोजेको प्रोडक्ट, विवरण वा जानकारी आवाज द्वारा समेत सजिलैसँग खोज्न सकिने सुविधा यस वेबसाइटको प्रमुख विशेषता रहेको छ। 

साथै ग्राहक महानुभावहरुले खोजेअनुसारको प्रोडक्ट र विवरणहरु उपलब्ध गराउन भनेर वेबसाइटमा राखिएको ‘कस्टुमर जर्नी म्यापिङ’ सिस्टमबाट ग्राहक महानुभावहरुले सहजै सर्च हिस्ट्री थाहा पाउन सक्नेछ। मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याब जस्ता डिभाइसहरुमा फिट हुनेगरी डिजाइन गरिएको यस नयाँ वेबसाइटमा प्रयोगकर्ताहरुको डाटा सुरक्षालाई ध्यानमा राखेर विशेष सुरक्षा प्रणाली अपनाइएको छ। 

वेबसाइटमार्फत अनलाईन खाता, भिडियो केवाईसी अद्यावधिक, खातामा प्यान अद्यावधिक, अनलाईन डिम्याट, सेयर आवेदन, मर्चेन्ट आवेदन, ई-सर्भिसमार्फत विभिन्न भुक्तानीहरु गर्न मिल्ने सुविधाको साथमा बैंकका शाखा, एक्स्टेन्सन काउण्टर, एटिएमहरुको स्थान पत्ता लगाउन सकिने लगायत बैंक सम्बन्धी विविध जानकारी तथा सहयोगका लागि चौबीसै घण्टा च्याटबट सेवा समेत उपलब्ध छन्। 

बैंकको मोबाइल बैंकिङ्गएपमा रहेको प्रणालीमा उपलब्ध सेवाहरु जस्तै नगद जम्मा तथा चेक जम्मा आवेदन, नयाँ डेबिट तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दती खाता खोल्ने, चेक अनुरोध, ई-कमर्स सुरु, स्कीम ट्रान्सफर, लकर सुविधा आवेदन लगायत दर्जनौ सेवाहरु वेबसाइटमार्फत उपभोग गर्न सकिने बैंकले जनाएकाने छ। 


प्रकाशित : शुक्रबार, असार १ २०८००९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend