मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

प्रदेशको बजेट आज  

शुक्रबार, असार १ २०८०
प्रदेशको बजेट आज  

अर्थतन्त्रमा देखिएको दबाका बीच संघीय सरकारले चालु वर्षको तुलनामा घटाएर  बजेट ल्याइसकेको छ। 

काठमाडौं- सातै प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट आज ल्याउँदैछन्। 

प्रत्येक असार १ गते आर्थिक वर्षको बजेट प्रदेशसभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार नै प्रदेश सरकारहरुले आज बजेट प्रस्तुत गर्दैछन्।

पछिल्लो आर्थिक संकट तथा सार्वजनिक वित्तमा देखिएको दबाबका बीचमा प्रदेश सरकारहरूले आज बजेट ल्याउने भएका छन्। 

अर्थतन्त्रमा देखिएको दबाका बीच संघीय सरकारले चालु वर्षको तुलनामा घटाएर  बजेट ल्याइसकेको छ। 

सीमित स्रोतसाधन तथा संरचनागत विकास नभएकाले बजेट कार्यान्वयन गर्न नसकिएको बताउँदै आएका प्रदेश सरकारहरुले प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बजेट ल्याउन लागेका छन्। 

प्रदेश सरकारहरुले संघीय सरकारबाट जाने अनुदान तथा राजस्व बाँडफाँडबाट जाने रकमलाई मुख्य स्रोत मानेर बजेट बनाउछन्।आफ्नै आयको बलियो स्रोत नबनेका प्रदेश सरकारहरुले अपुग रकम ऋणबाट पनि जोहो गर्न सक्छन्। यद्यपि अहिलेसम्म कुनैपनि प्रदेश सरकारले ऋण परिचालन गरेका छैनन्। 

आगामी वर्षका लागि संघीय सरकारबाट जाने वित्तीय हस्तान्तरण घटेको छ। यही कारणले गर्दा प्रदेशहरूको बजेट पनि चालु वर्षको तुलनामा घटेर जाने निश्चित जस्तै छ। 


प्रकाशित : शुक्रबार, असार १ २०८००३:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend