शनिबार, साउन १२ गते २०८१    
images
images
images

१६ बैंकको लाभांश घोषणा, नबिलले ३८ प्रतिशत दिँदा अरुको कति?

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक १९ २०७८
images
images
१६ बैंकको लाभांश घोषणा, नबिलले ३८ प्रतिशत दिँदा अरुको कति?
images

काठमाडौं-  लाभांश घोषणा गरेका वाणिज्य बैंक मध्ये सबैभन्दा धेरै दिनेमा नबिल ‌बैंक अगाडि रहेको छ। बैंकले ३३.६ प्रतिशत बोनस र ४.४ प्रतिशत नगद लाभांश दिने भएको छ। 

images
images

सूचीकृत वाणिज्य बैंकहरूमध्ये सबैभन्दा महँगो नबिल बैंकको सेयर मूल्य बजार धेरै नै तल झर्दा पनि खासै घटेको थिएन्। 

images

गत आर्थिक वर्षमा बैंकको लाभांश वितरणयोग्य मुनाफा ४ अर्ब १४ करोड रुपैयाँ छ। विगत १० वर्षको लाभांश इतिहास हेर्ने हो भने बैंकले कुनै पनि वर्षमा ३० प्रतिशतभन्दा कम लाभांश दिएको पाइँदैन। अघिल्लो आर्थिक वर्षको मुनाफाबाट बैंकले ३५.२६ प्रतिशत लाभांश दिएको थियो। गत वर्ष बोनस सेयरलाई प्राथमिकता दिएको बैंकले यस वर्ष पनि बोनस सेयरलाई प्राथमिकता दिएको छ।

लाभांश दिन सक्ने क्षमता धेरै भएको भन्दै आकर्षण बढेको हो। साउनपछि मात्रै दोस्रो बजारमा नबिल बैंकको ९ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको छ। अझ केही दिनदेखि बैंकको सेयर अधिक कारोबार भइरहेको छ। 

images

यसैगरी दोस्रो बढी लाभांश दिनेमा  हिमालयन बैंक रहेको छ। हिमालयन बैंकले २१.३८ सेयर बोनस र ४.६२ प्रतिशन नगद बोनस सहित २६ प्रतिशत लाभांश दिने भएको छ।

१६ वटा वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७७/७८ को नाफामा सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरका छन्। सिदार्थ, कुमारी,माछापुच्छ्रे नेपाल बंगलादेश, हिमालयन, स्ट्यान्डर्ड चार्डड, नेपाल इन्भेष्टमेन्ट, सिटिजन, सानिमा, नेपाल बैंक र ग्लोबल बैंकले लाभांश घोषणा गरिसकेका छन्। यसैगरी, एभरेष्ट बैंक, बैंक अफ काठमाण्डू र एनएमबीले लाभांश घोषणा गरेका छन्।

जसमा सिदार्थले १५ प्रतिशत  लाभाशं दिने भएको छ। सिदार्थले १४.२५ प्रतिशत सेयर बोनस र ०.५ नगद बोनस  दिने भएको छ। यसैगरी ग्लोबलले १० प्रतिशत सेयर बोनस र ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

नेपाल बैंकले १४ प्रतिशत सेयर बोनस र ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो।सानिमा बैंकले १७ प्रतिशत सेयर बोनस र ०.८९ प्रतिशत नगद गरी कुल १७.८९ प्रतिशत लाभांश दिने  भएको छ।

सिटिजन बैंकले १२.९१ प्रतिशत सेयर बोनस र ३.०८ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश दिने भएको छ। साथै नेपाल इन्भेष्टमेन्ट बैंकले १२.६१ प्रतिशत सेयर बोनस र ३.३८९ प्रतिशत नगद गरी कुल १६ प्रतिशत नै लाभांश दिने भएको छ।

स्टान्र्डण्ड चार्टर बैंकले १० प्रतिशन सेयर बोनस र ३.०६ प्रतिशन नगद गरी कुल १३.०६ प्रतिशत लाभांश दिने भएको छ। 

नेपाल बंगलादेश बैंकले १२ प्रतिशत सेयर बोनस र ३.५ प्रतिशत नगद बोनस सहित १५.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।यसैगरी माछापुच्छ्रे बैंकले १३.३ प्रतिशन सेयर बोनस र ०.७ प्रतिशत नगद बोनस गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। 

एनएमबि बैंकले सेयरधनीलाई १५.८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। १२.५ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद सहित सहित १५.८ प्रतिशत लाभांश दिन लागेको हो। बैकले गत वर्ष १६ प्रतिशत लाभांश दिएको थियो। 

कुमारी बैंकले ६ प्रतिशत सेयर बोनस र २.७७ प्रतिशत नगद बोनस गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

एनआइसी एसिया बैंकले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ। गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको हो। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो।

बैंक अफ काठमाण्डू लिमिटेडले सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने भएको हो। बैंकले १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश दिने भएको हो।

एभरेष्ट बैंकले गएको आर्थिक वर्षको नाफाबाट १०.३२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। 

बैंक सञ्चालक समितिले सेयरधनीलाई गएको वर्षको नाफाबाट चुक्ता पुँजीको  ४.३२ प्रतिशत नगद लाभांश दिने निर्णय भएको हो। त्यस्तै ६ प्रतिशत सेयर लाभांस दिने भएको छ। 

 


प्रकाशित : शुक्रबार, कात्तिक १९ २०७८०१:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend