बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

सेयर बजारमा आज पनि वृद्धि, कारोबार रकम भने घट्यो

images
बिहीबार , जेठ ३२ २०८०
images
सेयर बजारमा आज पनि वृद्धि, कारोबार रकम भने घट्यो
images
images

काठमाडौं- पछिल्लो केही समययता निरन्तर उकालो लागेको सेयर बजार आज पनि सामान्य अंकले बढेको छ। 

images
images
images

साताको अन्तिम कारोबारमा बिहीबार ५ अंकले बढेर बजार २०४२.०७ बिन्दुमा पुगेको छ। ७५ कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब १६ करोड २८ लाख १० हजार रूपैयाँको कारोबार भएको छ। 

images
images

बुधबार १६.४२ अंकले बढेर २०३७.०६ बिन्दुमा पुगेको बजारमा ५ अर्ब १ करोड रूपैयाँको कारोबार भएको थियो। बिहीबार भने बजार बढे पनि कारोबार रकम भने घटेको छ। 

images
images

यो साता नै सेयर बजारमा लगातार चार कारोबार वृद्धितर्फ देखिएको छ। सरकार लगानीकर्ताको पक्षमा रहेको र पुँजी बजारको समग्र हितमा काम गर्ने अर्थमन्त्रीको घोषणासँगै विश्वस्त बनिरहेका लगानीकर्ता हौसिएका छन्। 

यो साता आइतबार ४०.४८ अंकले बढेर १९८०.०९ बिन्दुमा पुगेको बजार सोमबार ७.७९ अंकले बढेको थियो। मंगलबार ३४.१७ अंकले बढेर २०२०.६४ बिन्दुमा पुगेको बजारमा बुधबार पनि राम्रो वृद्धि देखिएको हो।

आउँदो आर्थिक वर्षको बजेटमा नै पनि पुँजी बजार पारदर्शी, प्रतिस्पर्धी बनाएर लगानीकर्ताको हित सुनिश्चित गर्ने घोषणाबीच मौद्रिक नीतिको पर्खाइमा रहेका लगानीकर्ता साथ मिल्ने आशमा देखिएका छन्। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा छन्। अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्।


प्रकाशित : बिहीबार , जेठ ३२ २०८००९:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend