आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

ड्रागन खेती : बजार खोज्दै कृषक

images
बिहीबार , जेठ ३२ २०८०
images
ड्रागन खेती : बजार खोज्दै कृषक
फाइल तस्बिर

छिल्लो समय नेपालमा ड्रागनको माग बढेसँगै ड्रागन खेती गर्ने किसानको संख्या बढ्दै गएको छ। तर बजार नभएका कारण फलले उचित मूल्य नपाएको किसानहरुको गुनासो छ।

images
images

पथरी- पछिल्लो समय ड्रागन खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ। खेतीमा जोड दिएपनि ड्रागन बिक्री गर्न कृषकलाई बजारको अभाव भएको छ।

images
images
images

विदेशबाट आयातित ड्रागनमा रोक लगाउनुपर्ने र शीत भण्डारको व्यवस्था गर्न कृषकले माग गरेका छन्। ‘ड्रागन फ्रुट प्रोडक्ट एसोसिएसन नेपाल’ कोशी प्रदेशले यसबारे हालै प्रदेश स्तरीय भेला आयोजना गरेका थिए।

images
images

नेपालमा उत्पादित ड्रागनले बजार नपाएको भन्दै उनीहरुको यसबारे सरकारको ध्यानाकर्षण गराएका छन्। ड्रागन बिक्री गर्न समस्या भएको भन्दै कृषकले चिन्ता व्यक्त गरेका छन्।

images
images

पछिल्लो समय नेपालमा ड्रागनको माग बढेसँगै ड्रागन खेती गर्ने किसानको संख्या बढ्दै गएको छ। एक पटक सुरु गरेको व्यवसायले २५ वर्षसम्म धान्ने भएपछि कृषक यो व्यवसायप्रति आकर्षित हुँदै आएका छन्। नेपालमा खुला बजार, शीत भण्डारलगायत समस्या समाधानको उपाय खोज्न व्यवसायी एकीकृत भएका छन्।

एसोसिएसन नेपालका केन्द्रीय कोषाध्यक्ष गणेश राईले बाहिरी आयातमा रोक लगाउनुपर्ने र शीत भण्डारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। नेपालमा व्यवसायी कृषकले ठूलो क्षेत्रमा ड्रागनको खेती गर्दै आएका छन्। यस वर्ष खेतीअनुसार फल पनि राम्रै उत्पादन भएको छ। तर बजार नभएका कारण फलले उचित मूल्य पाएको छैन। 'कहाँ लगेर बेच्ने भनेर कृषक चिन्तित छन्', उनले भने।

यसरी नै फल उत्पादन भए र शीत भण्डार नभए फल बारीमै कुहिने अवस्था आउने पूर्वाञ्चल मल्टिपल एग्रिकल्चरका सञ्चालक तथा एसोसिएसनका कोशी प्रदेश अध्यक्ष जयबहादुर तामाङले बताए। अघिल्लो वर्ष फार्ममै प्रतिकिलो सात सय ५० रूपैयाँमा बिक्री भएको फल यस वर्ष पाँच सय रूपैयाँमा पनि बिक्री गर्न मुस्किल भएको उनको भनाइ छ।

यसै ड्रागन खेती गर्दै आउनुभएका कृपासुर घले सबै व्यवसायी एक भएर अघि नबढे समस्या आउने बताउँछन्। ड्रागन खेती विज्ञताको कमि र औषधिसम्बन्धी ज्ञान नभएका कारण रोग लाग्ने समस्या देखिएको छ।

साना किसानले बजार नपाएर गाउँघरमै सस्तोमै बेच्नुपर्ने समस्या छ। साना र ठूला किसान एकै ठाउँमा संगठित भई यसको विकल्प खोज्नुपर्नेमा एसोसिएसनले जोड दिएको छ। रासस


प्रकाशित : बिहीबार , जेठ ३२ २०८००५:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend