बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

रोजगारमूलक कार्यक्रम एकीकृत गर्न अर्थमन्त्री शर्माको निर्देशन

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २० २०७८
रोजगारमूलक कार्यक्रम एकीकृत गर्न अर्थमन्त्री शर्माको निर्देशन

विभिन्न मन्त्रालय र निकायहरूमार्फत अलग अलग ढंगले कार्यान्वयन गरिँदै आएका सीप तथा रोजगारमूलक कार्यक्रमहरूलाई एकीकृत गर्न अर्थमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन्।

काठमाडौं- विभिन्न मन्त्रालय र निकायहरूमार्फत अलग अलग ढंगले कार्यान्वयन गरिँदै आएका सीप तथा रोजगारमूलक कार्यक्रमहरूलाई एकीकृत गर्न अर्थमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन्।

आइतबार अर्थमन्त्रालयमा आयोजित छलफलमा राष्ट्रिय योजना आयोगसहित सरोकारवाला मन्त्रालय तथा निकायका उच्च पदस्थ अधिकारीहरूले दोहोपना देखिएका तालिम कार्यक्रमहरूलाई एकीकृत रुपले संचालन गर्नुपर्नेमा जोड दिइएको हो।

श्रम, शिक्षा, कृषि तथा पशुपंछी, सहकारी, युवालगायतका मन्त्रालय र मातहतका निकायहरुबाट हुने गरेका सीपमूलक तथा रोजगारमूलक तालिमहरूलाई विषयगत रुपले एकीकृत गरी एकद्वार प्रणालीबाट संचालन गर्नुपर्ने निचोड निकालिएकोे हो।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले दोहोपना देखिएका तालिम कार्यक्रमहरूलाई एकीकृत रुपले संचालनग गर्ने गरी नीतिगत तयारी गर्न निर्देशन दिएका छन्। ‘एकै प्रकृतिका कार्यक्रमहरू धेरै निकायबाट भइरहेको छ। यसरी काममा प्रभावकारित आउँदैन। तिनलाई केद्रिकृत गर्ने गरी तयारी गर्नुस्’ उनले भने, ‘हरेक वर्ष एउटै व्यक्तिलाई एकै प्रकृतिको तालिम मात्र दिइरहने तर उक्त व्यक्ति स्वरोजगार भएको नदेखिने समस्या छ, यसलाई अन्त्य गर्नुपर्छ।’

janardan.jpg

तालिम लिएको व्यक्ति स्वरोजगार हुने वा रोजगारीमा लाग्नसक्ने खालको तालिम संचालन गर्नुपर्नेमा जोड दिइएको छ। ‘हामीले गर्दै आएको बृक्षारोपण र ट्रेनिङ्ग उस्तै उस्तै भयो, खासै परिणाममुखी भएनन्। अब यसलाई सच्याउने गरी नीति, कार्यक्रम बनाउनुपर्छ।’ सीपमूलक तालिमहरु एकीकृत गर्दा सीमान्तकृत समुदायलाई प्राथमिकतामा राखेर कार्यक्रम तय गर्नुपर्नेमा मन्त्री शर्माले जोड दिए। 

श्रम क्षेत्रसँग सम्बन्धित तालिम जति सबै श्रम मन्त्रालयमार्फत र प्राज्ञिक क्षेत्रसँग सम्बन्धित सबै किसिमका तालिमहरु शिक्षा मन्त्रालयमार्फत संचालन गर्नुपर्ने उहाँको धारणा छ। उनले तालिम संचालन गर्दा देशभर एकीकृत पाठ्यक्रम लागू गर्ने र तालिम सकिएपछि सबैलाई एकीकृत ढाँचाको प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताए। यसो गर्दा शहरी क्षेत्रमा र ग्रामीण क्षेत्रमा पाएको तालिमको प्रमाणपत्रले समान मान्यता पाउने उनको तर्क छ।  

अर्थसचिव मधुकुमार मरासिनीले एकीकृत प्रणालीबाट तालिम संचालन गर्ने विषय सकेसम्म प्रतिस्थापन विधेयकमा समेट्ने गरी तयारी गर्न सम्बद्ध मन्त्रालय तथा निकायहरुलाई आग्रह गरेका छन्।  

 


प्रकाशित : आइतबार, भदौ २० २०७८१२:३२
  • सम्बन्धित विषय:

  • # अर्थ मन्त्रालय
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend