मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

उतारचढावबीच वृद्धितर्फ उचालियो सेयर बजार, लगातार सात दिन हरियाली

बुधबार १२६ कम्पनीको सेयर मूल्य बढ्दा ५ अर्बमाथिको कारोबार

बुधबार, जेठ ३१ २०८०
उतारचढावबीच वृद्धितर्फ उचालियो सेयर बजार, लगातार सात दिन हरियाली

काठमाडौं- उतारचढावमा रहँदै सेयर बजारमा बुधबारको कारोबारमा उल्लेख्य वृद्धि देखिएको छ। गएको साता अन्तिम दिन कारोबार र यो साता चार कारोबारमा हरियाली छाएको बजारमा लगातार १३६.४७ अंकको वृद्धि देखिएको छ। 

बुधबारको कारोबार एकसमय २०६६ को बिन्दुसम्म पुगेर पुन: ओरालो लागेको थियो। उचारचढाव हुँदै बजार बन्द हुँदा १६.४२ अंकले बढेर २०३७.०६ बिन्दुमा पुगेको छ। बुधबार १२६ कम्पनीको सेयर मूल्य बढ्दा ५ अर्ब १ करोड रूपैयाँको कारोबार भएको छ। 

यो साता नै सेयर बजारमा लगातार चार कारोबार वृद्धितर्फ देखिएको छ। सरकार लगानीकर्ताको पक्षमा रहेको र पुँजी बजारको समग्र हितमा काम गर्ने अर्थमन्त्रीको घोषणासँगै विश्वस्त बनिरहेका लगानीकर्ता हौसिएका छन्। 

यो साता आइतबार ४०.४८ अंकले बढेर १९८०.०९ बिन्दुमा पुगेको बजार सोमबार ७.७९ अंकले बढेको थियो। मंगलबार ३४.१७ अंकले बढेर २०२०.६४ बिन्दुमा पुगेको बजारमा बुधबार पनि राम्रो वृद्धि देखिएको हो।

आउँदो आर्थिक वर्षको बजेटमा नै पनि पुँजी बजार पारदर्शी, प्रतिस्पर्धी बनाएर लगानीकर्ताको हित सुनिश्चित गर्ने घोषणाबीच मौद्रिक नीतिको पर्खाइमा रहेका लगानीकर्ता साथ मिल्ने आशमा देखिएका छन्। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा छन्। अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। 


प्रकाशित : बुधबार, जेठ ३१ २०८००९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend