आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

बजेटमा कर घटेपछि बीएमडब्लूको विलासी विद्युतीय कार ल्याउँदै लक्ष्मी प्रिमियम

पहिलो चरणमा आईएक्स सिरिजको ५ कार आउने

images
images
images
बजेटमा कर घटेपछि बीएमडब्लूको विलासी विद्युतीय कार ल्याउँदै लक्ष्मी प्रिमियम

लक्ष्मी समूह अन्तर्गको लक्ष्मी प्रिमियम मोटर्स प्रालिले २०७७ जेठमा पहिलोपटक नेपाली बजारमा आधिकारिक बिक्रेताका रुपमा बीएमडब्लूका कार भित्र्याएको थियो।

images
images

काठमाडौं- सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटबाट विलासी विद्युतीय कारको कर घटाएको हो। विलासी सेगमेन्टका विद्युतीय कारको कर घटेसँगै महँगा विद्युतीय कार आउने तयारीमा छन्। 

images
images
images

त्यस्तै तयारीमा जर्मन विलासी कार निर्माता कम्पनी बीएमडब्लूको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी प्रिमियम मोटर्स रहेको छ। लक्ष्मी प्रिमियमले बजेटबाट विलासी विद्युतीय कारको कर घटेसँगै बीएमडब्लूले उत्पादन गरेको विद्युतीय कार ल्याउन लागेको हो। 

images

लक्ष्मी प्रिमियमले पहिलो चरणमा बीएमडब्लूको एक्स सिरिजमा आधारित रहेको उत्पादन गरिएको विद्युतीय कार ल्याउँदैछ। कम्पनीले बीएमडब्लूको आईएक्स थ्री एम स्पोर्ट विद्युतीय कार नेपाल ल्याउन लागेको हो। यसका लागि लक्ष्मी प्रिमियमले एलसी खोलेर अन्य तयारी गरिरहेको छ। अबको केही दिनमा उक्त कार नेपाल भित्रिनेछ। 

images

२ सय १० किलोवाटको मोटरयुक्त आईएक्स थ्री पहिलो चरणमा ५ वटा ल्याउन लागेको हो। बीएमडब्लूको आईएक्स थ्री स्पोर्ट विद्युतीय कार उच्च प्रविधियुक्त र विलासी कार हो। विश्व बजारमा बीएमडब्लूको यो विद्युतीय कारको चर्चा भइरहेको छ। 

images
images

बीएमडब्लू आईएक्स थ्री एम स्पोर्टले एक पटकको फुल चार्जमा ५ सय ६० किलोमिटरभन्दा बढी रेन्ज दिने बताइएको छ। तर यो कार दुई-तीन भेरियन्टमा उपलब्ध भएकाले नेपाल ल्याउन लागेको कार बारे थप विवरण प्राप्त भएको छैन। अबको केही दिनमा उक्त कार नेपाल भित्रिएपछि अन्य स्पेसिफिकेसनलगायत मूल्यसमेत थाहा हुनेछ। 

लक्ष्मी समूह अन्तर्गको लक्ष्मी प्रिमिय मोटर्स प्रालिले २०७७ जेठमा पहिलोपटक नेपाली बजारमा आधिकारिक बिक्रेताका रुपमा बीएमडब्लूका कार भित्र्याएको थियो। नेपाल भित्रिँदा बीएमडब्लू सेभेन सिरिजसहित अन्य मोडलगरि ५ वटा कार ल्याएको थियो। १९ सय ९८ सीसी इन्जिन क्षमताको बीएमडब्लू सेभेन सिरिज ७७० एलई एक्सड्राइभ त्यतिबेला पहिलो पटक नेपाल भित्रिएको र हाइब्रिड सेगमेन्टको यो कार पेट्रोल इन्जिन र इलेक्ट्रिक मोटर दुवै भएको कार हो। 

त्यतिबेला बीएमडब्लूका सेभेन सिरिजसँगै अन्य चार गाडी नेपाल भित्रिएका थिए। लक्ष्मी प्रिमियम मोटर्सले नै १९ सय ९८ सीसी इन्जिन क्षमताको बीएमडब्लू एक्सथ्री, १४ सय ९९ सीसीको एक्सवान, १४ सय ९९ सीसीकै एक्सटू मोडलका दुईवटा कार नेपाल भित्र्याएको थियो। 

लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी प्रिमियम मोटर्सले ल्याएको यो कार उच्च वर्गका व्यक्तिहरुको रोजाइमा पर्नेछ। बीएमडब्लूका गाडी केही वर्ष अघि नेपालमा बिक्री हुँदै आएको भएपनि बीचमा रोकिएको थियो। लक्ष्मी समूहले प्रिमियम कार आयात गरेर बिक्री गर्नका लागि लक्ष्मी प्रिमियम मोटर्स प्रालि बनाएको हो। 

यो समूहले कोरियाली ब्रान्ड हुन्डाईका कार, हिरो इलेक्ट्रिकको विद्युतीय स्कुटर, ब्याट्री, लुब्रिकेन्ट, टायर तथा एसएमएल ब्रान्डको कमर्सियल गाडी समेत आयात गरेर बिक्री गर्दै आएको छ। त्यस्तै लक्ष्मी समूह स्टिल तथा डेरी उत्पादनमा समेत संलग्न रहेको छ। 

सरकारले आगामी आर्थिक वर्षको बजेटबाट कम मोटर क्षमता भएका विद्युतीय कारमा कर बढाएर बढी मोटर क्षमता भएका विद्युतीय कारमा लाग्ने कर घटाएको हो। 

सरकारले शून्यदेखि ५० किलोवाट मोटर क्षमता भएको विद्युतीय कारमा १० प्रतिशत भन्सार लगायो। यसअघिको बजेटमा शून्यदेखि १ सय किलोवाटलाई गणना गरिँदै आएकोमा यो वर्षको बजेटमा उक्त ब्रेकडाउन गरेको हो। यो सेगमेन्टमा अन्तःशुल्क लाग्दैन।  

५१ देखि १ सय किलोवाट मोटर क्षमता भएका विद्युतीय कारमा सरकारले ५ प्रतिशत भन्सार बढाएर १५ प्रतिशत कायम गरेको छ भने अन्तःशुल्क नभएको यो क्षमताको विद्युतीय कारमा १० प्रतिशत अन्तःशुल्क लगाएको छ। 

त्यस्तै बजेटले १ सयदेखि २ सय किलोवाटससम्म मोटर पिकपावर भएका विद्युतीय कारको कर भने घटाइदियो। यो पिकपावर भएको विद्युतीय कारमा चालु आवको बजेटमा ३०/३० प्रतिशत भन्सार र अन्तःशुल्क रहेकोमा आगामी आर्थिक वर्षको बजेटमा यसलाई १०/१० प्रतिशत घटाएर भन्सार र अन्तःशुल्क क्रमशः २०/२० प्रतिशत कायम गरियो। यसले महँगा र बढी पावरका विद्युतीय कारको मूल्य यसअघिको तुलनामा उल्लेख्य रुपमा घटायो।

सरकारले २ सयदेखि ३ सय किलोवाट मोटर पिकपावर भएका विद्युतीय कारमा ४५/४५ प्रतिशत रहेको भन्सार र अन्तःशुल्कलाई ५ प्रतिशत भन्सार घटाएर ४० प्रतिशत भनाएर अन्तःशुल्क ४५ प्रतिशत यथावत नै राखेको छ। ३ सय किलोवाटभन्दा बढी पिक पावर भएको विद्युतीय कारको कर दर भने यथावत नै राखिएको छ। यो क्षमताका विद्युतीय कार नेपाली बजारमा भित्रिएका छैनन्।

bmw ix3.png

आईएक्स थ्रीको स्पेसिफिकेसन 

यो कारमा ८० किलोवाट आवरको ब्याट्री उपलब्ध छ। आईएक्स थ्रीमा भएको मोटरले ६ हजार आरपीएममा २ सय १० किलोवाट पिक पावर जेनेरेट गर्छ। 

यो कार फुल चार्ज हुन ११ किलोवाटको एसी चार्जरबाट ७.५ घण्टा लाग्छ भने १ सय ५० किलोवाटको फास्ट चार्जिरबाट ८० प्रतिशत चार्ज हुन जम्मा ३४ मिनेट लाग्छ। आईएक्स थ्रीको अन्तर्राष्ट्रिय मूल्य करिब १ लाख अमेरिकी डलर रहेको छ। नेपाली बजारमा यो विद्युतीय कारको मूल्य पौने ३ करोडभन्दा बढी पर्नेछ।

टप स्पीड १ सय ८० किलोमिरट प्रतिघण्टा रहेको आईएक्स थ्रीले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ६.८ सेकेन्डमै तय गर्न सक्छ। यो कारको ग्राउन्ड क्लियरेन्स १ सय ७९ एमएम रहेको छ। 

images

प्रकाशित : मंगलबार, जेठ ३० २०८००१:२४

प्रतिक्रिया दिनुहोस