मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

लगातार वृद्धितर्फ लागेको सेयर बजार २००० बिन्दुमाथि, लगानीकर्ता विश्वस्त भएका हुन्?

४ अर्ब १२ करोड ६६ लाख रूपैयाँको कारोबार

मंगलबार, जेठ ३० २०८०
लगातार वृद्धितर्फ लागेको सेयर बजार २००० बिन्दुमाथि, लगानीकर्ता विश्वस्त भएका हुन्?

काठमाडौं- यो साता सेयर बजारमा लगातार तीन कारोबार वृद्धितर्फ देखिएको छ। सरकार लगानीकर्ताको पक्षमा रहेको र पुँजी बजारको समग्र हितमा काम गर्ने अर्थमन्त्रीको घोषणासँगै विश्वस्त बनिरहेका लगानीकर्ता हौसिएका छन्। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा छन्। 

मंगलबार ३४.१७ अंकले बढेर बजार २०२०.६४ बिन्दुमा पुगेको छ। १ सय ९६ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार रूपैयाँको कारोबार भएको छ। यो गएको केही महिनायताकै ठूलो कारोबार रकम हो। 

यो साता आइतबार ४०.४८ अंकले बढेर १९८०.०९ बिन्दुमा पुगेको बजार सोमबार सामान्य रुपमा बढेको हो। सोमबार ७.७९ अंकले बढेर १९८७.८७ बिन्दुमा पुगेको थियो। 

आउँदो आर्थिक वर्षको बजेटमा नै पनि पुँजी बजार पारदर्शी, प्रतिस्पर्धी बनाएर लगानीकर्ताको हित सुनिश्चित गर्ने घोषणाबीच मौद्रिक नीतिको पर्खाइमा रहेका लगानीकर्ता साथ मिल्ने आशमा देखिएका छन्। अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। अब आउने मौद्रिक नीतिको पर्खाइमा देखिएका लगानीकर्ता त्यसपछि मात्रै बजारको अवस्था आँकलन गर्न मिल्ने बताउँछन्। 

गएको साता ७३.५३ अंकको सुधार देखिएको सेयर बजारमा यो साता पहिलो कारोबार नै उत्साहजनक रुपमा बढेको थियो। अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीकर्ताको पक्षमा आफू रहेको बताउँदै बजार सुधारतर्फ लैजानका लागि निरन्तर प्रयास गरिरहँदा कारोबार उतारचढावमा रहँदै वृद्धितर्फ लागेको देखिन्छ।  


प्रकाशित : मंगलबार, जेठ ३० २०८००९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend