शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

४० मेगावाटको लाप्चे-तामाकोशी जलविद्युत आयोजना लागत ५ अर्ब ८५ करोड

images
मंगलबार, जेठ ३० २०८०
images
४० मेगावाटको लाप्चे-तामाकोशी जलविद्युत आयोजना लागत ५ अर्ब ८५ करोड

प्रस्तावित आयोजनाका मुख्य संरचनाहरुमा स्टोरेज बराज, अन्डरस्लुइस, इन्टेक ग्राभेल ट्रयाप, एप्रोच टनेल, सेटलिङ बेसिन, पिकिङ पोण्ड फ्लसिंग टनेल, विद्युतगृह लगायत पर्ने रिपोर्टमा उल्लेख छ।

images
images

काठमाडौं- लाप्चे-तामाकोशी जलविद्युत आयोजना निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक गरेको छ। वन तथा वातावरण मन्त्रालयले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक गरेको छ।

images
images
images

४० मेगावाट क्षमताको निर्माण हुने लाप्चे-तामाकोशी जलविद्युत आयोजनाको लागत ५ अर्ब ८५ करोड रुपैयाँको अनुमान गरिएको छ।
डायनामिक हाइड्रो इनर्जी प्रालि प्रस्ताव रहेको आयोजना बागमती प्रदेशको दोलखा जिल्लाको विगु गाउँपालिका वडा नम्बर १ मा रहेको लाप्चे खोलाको किनारमा अवस्थित रहने प्रतिवेदनमा उल्लेख छ।

images
images

आयोजना समुद्री सतहबाट २०९० मिटरदेखि २३२६ मिटरको उचाइमा रहेको छ। प्रस्तावित आयोजना पिकिङ रन अफ रिभर प्रकारको आयोजना हो। आयोजनाको डिजाइन डिस्चार्ज १७.७० घनमिटर प्रतिसेकेण्ड रहेको छ भने ग्रस हेड २७० मिटर र नेट हेड २५८.५८ मिटर रहेको छ। आयोजनाबाट वार्षिक उर्जा उत्पादन २३८.१६ गिगावाट आवर रहेको छ।

images
images

प्रस्तावित आयोजनाका मुख्य संरचनाहरुमा स्टोरेज बराज, अन्डरस्लुइस, इन्टेक ग्राभेल ट्रयाप, एप्रोच टनेल, सेटलिङ बेसिन, पिकिङ पोण्ड फ्लसिंग टनेल, विद्युतगृह लगायत पर्ने रिपोर्टमा उल्लेख छ।

हेडरेस टनेलको लम्बाइ करिब १९९७ मिटर र पेनस्टक पाइपको लम्बाइ ७ सय मिटर रहेने वातावरणीय रिपोर्टमा उल्लेख छ। पिक आवर १ घण्टाको हुने छ। सुख्खा मौसमको पिक उर्जा उत्पादन क्षमता ६.८०४ गिगावाट आवर र सुख्खा मौसमको अफ पिक ऊर्जा उत्पादन क्षमता ६७.४७९ गिगावाट रहेन छ। समग्रमा सुख्खा मौसमको कुल ऊर्जा उत्पादन क्षमता ७४.२८३ गिगावाट हुनेछ।

यसैगरी वर्षा यामको ऊर्जा उत्पादन क्षमता १६३.८७७ गिगावाट हुनेछ। आयोजनाको औसत वार्षिक ऊर्जा उत्पादन क्षमता २३८.१६ गिगावाट हुने रिपोर्टमा उल्लेख छ।

आयोजनाको कुल लागत ५ अर्ब ८५ करोड ८४ लाख ७० हजार रुपैयाँ अनुमान गरिएको छ। आयोजनाको प्रतिमेगावाट लगानी १४ करोड ६४ लाख ६० हजार रुपैयाँ रहेको छ। 

आयोजनाको लगानीको स्रोतमा कम्पनीकव २५ प्रतिशत र बैंकको ७५ प्रतिशत रहेको छ।  बैंकले गर्ने लगानीको ब्याजर ११ प्रतिशत रहने छ। 
आयोजनाका लागि १०.०२ हेक्टर राष्ट्रिय वन अन्तर्गतको गौरीशंकर संरक्षण क्षेत्रको जग्गा आवश्यक पर्ने छ। 

आयोजनाको लागि अस्थायी रुपमा मात्रै निजी जमिन प्रयोग हुने भएका कारण आयोजनबाट प्रभावित घरधुरी शुन्य रहेको छ। 


प्रकाशित : मंगलबार, जेठ ३० २०८००३:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend