सोमबार, वैशाख ३१ गते २०८१    
images
images

५० अर्ब लगानी सम्हाल्दै हाइड्रोमा साम्राज्य खडा गरेका गणेश कार्की इप्पान नेतृत्वको प्रतिस्पर्धामा

images
images
images
५० अर्ब लगानी सम्हाल्दै हाइड्रोमा साम्राज्य खडा गरेका गणेश कार्की इप्पान नेतृत्वको प्रतिस्पर्धामा
images
images

काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आउँदो जेठ ३२ गते नयाँ कार्यसमिति चयनका लागि चुनाव घोषणा गरेको छ। नेतृत्वका लागि अध्यक्षमा गणेश कार्की र किरण मल्लले प्रतिस्पर्धा गर्दै छन्। कार्कीलाई पूर्वअध्यक्षदेखि वर्तमान कार्यसमितिको समर्थन छ। सन् २००० देखि हाइड्रोमा सक्रिय कार्कीले हाइड्रोमा साम्राज्य नै खडा गरेका छन्। 

images
images
images

साधारण सभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ। जेठ २५ गतेसम्म नवीकरण र नयाँ सदस्यताको लागि आवेदन दिएका ४५० कम्पनीका प्रतिनिधिहरू साधारणसभामा भाग लिन र मतदान गर्न पाउने छन्।

images

दुई दशकभन्दा बढी समयदेखि जलविद्युत विकासमा संलग्न हुँदै आएका व्यवसायी तथा पूर्वकराते खेलाडीसमेत रहेका कार्कीले चुनावमा आफूलाई अध्यक्षको रुपमा प्यानल नै घोषणा गरिसकेका छन्। 

images

अध्यक्षका प्रत्यासी कार्कीले १२ आयोजनामार्फत २२२.६ मेगावाट बिजुली उत्पादन गर्दैछन्। कतिपय प्रसारण लाइनमा जोडिइसकेका छन् भने केही ठूला आयोजनामा धमाधम काम भइरहेको छ। अहिलेको लागतको हिसाब गर्ने हो भने कार्कीले १२ वटा आयोजनामा झन्डै ५० अर्ब लगानी गरेका छन्। जसमा संयुक्त र सर्वसाधारणको समेत लगानी रहेको छ। 

images
images

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले गणेश कार्की अब्बल रहेको बताए। समूहको उम्मेदवारी घोषणा कार्यक्रममा इप्पानका अध्यक्ष आचार्यले निर्वाचन सर्वसम्मत गर्न खोजे पनि अन्तिममा नसकेको बताए। कार्यक्रममा कार्की समूह निकै खारिएको र जलविद्युत क्षेत्रमा प्रभावकारी काम गर्न सक्ने टिम रहेको बताए। आफू अध्यक्ष भएको समयमा सबैलाई कार्यविभाजन गरेर काम गरेको स्मरण गर्दै यसअघि गरेको कामले यो समूहमा रहेकाहरू धेरै खारिएर आएको उनले बताए।

सरकारी, निजी क्षेत्र तथा कुटनीतिक तहमा समेत आफ्नो सम्बन्ध राख्ने हुँदा निजी क्षेत्रका समस्या समाधान गर्न आफूले विशेष पहल गर्न सक्ने पनि उनले बताउँदै आएका छन्। अध्यक्षका उम्मेद्वार कार्कीले अहिले ऊर्जा उत्पादकहरूले विभिन्न समस्या भोगिरहेकाले यसको समाधानका लागि पहल गर्न आफूले अध्यक्षमा उम्मेद्वारीको घोषणा गरेको बताए।

उनले अहिले लाइसेन्स लिएदेखि बिजुली उत्पादन पछिसम्म पनि विद्युत आयोजनाले समस्या भोग्नु परिरहेको, प्रसारण लाइन नहुँदा विद्युत् खेर गइरहेको, विद्युत् निर्यातका लागि प्रसारण संरचना पर्याप्त नभएकाले यसको पहल गर्ने प्रतिबद्धता जनाए।  

सरकारले खोलेको पीपीए पनि एकदमै न्यून भएको उनको भनाइ छ। ‘१५०० मेगावाट पीपीए खोलेको छ, ११ हजार मेगावाटका आयोजना पाइपलाइनमा छन्। कहिले पीपीए गर्ने?,’ उनले प्रश्न गरे। साथै उनले प्रसारण लाइन नहुँदा बिजुली खेर गइरहेको बताए। ‘वनले १० वर्षसम्म स्वीकृति दिँदैन। उता विभागले ५ वर्षको लाइसेन्स दिएको हुन्छ। ५ वर्षभित्र काम नभएर लाइसेन्स खारेज हुन्छ,’ उनले भने,’ यस्ता धैरै समस्याहरू समाधान गर्नुपर्ने छ।’

भूमि मन्त्रालयसँग आफ्नै खालका समस्याहरू रहेको उनको भनाइ छ। बर्खामा ३००० मेगावाट जडित क्षमता पुग्दैछ। सरप्लस विद्युत् भारतमा बेच्न नसके ठूलो समस्या हुने उनले बताए। सन्तुलित ढंगबाट अगाडि बढिरहेको देखिन्छ, यही संयन्त्रबाट अगाडि बढ्दा सबैले विश्वास गर्ने  वातावरण बन्दै गएको उनको बुझाई छ। उनले जलविद्युत क्षेत्रमा मात्र नभएर अन्य सामाजिक सेवाका क्षेत्रमा समेत फरक-फरक जिम्मेवारी र भूमिका निर्वाह गर्दै आएका छन्।

लगानी तथा निर्माण गरी एक दर्जनभन्दा बढी जलविद्युत आयोजनासँग आवद्ध कार्की अहिले २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजना निर्माण गरेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडको कार्यकारी निर्देशकको जिम्मेवारीमा छन्।

योसँगै उनी १९.८ मेगावाटको अप्पर सोलु, ५४ मेगावाटको सुपर दोर्दीमा समेत आवद्ध रहेका छन्। यसैगरी, निर्माणाधीन अवस्थाका ४.२ मेगावाटको सभा खोला र सोही खोलामा १५ मेगावाटको सभा खोला आयोजना निर्माण गर्ने अर्बिट इनर्जी प्रालिको समेत कार्की कार्यकारी निर्देशक रहेका छन्। 

कार्की आवद्ध जलविद्युत आयोजनाहरू

१. सिंगटी खोला - २५ मेगावाट (सञ्चालनमा)

२. सुपर दोर्दी - ५४ मेगावाट (सञ्चालनमा) 

३. माथिल्लो सोलु खोला - १९.८ मेगावाट (सञ्चालनमा)

४ सभा खोला - ४.२ मेगावाट (निर्माणाधीन)

५. सभा खोला - १५ मेगावाट (निर्माणाधीन)

६. खुदी खोला - २६ मेगावाट (निर्माणाधीन)

७. खानी खोला - ४० मेगावाट (निर्माणाधीन)

८. चाकु खोला - २२ मेगावाट (सञ्चालनमा)

९. गेलुन खोला - ३.२ मेगावाट (सञ्चालनमा)

१०. मिदिम खोला - ३ मेगावाट (सञ्चालनमा) 

११. टुंगुन ठोस्ने/खानी खोला - ६.२ मेगावाट (सञ्चालनमा)

१२. सभा खोला - ४.२ मेगावाट (सञ्चालनमा)

images

प्रकाशित : मंगलबार, जेठ ३० २०८०११:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend