मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

एकदिनको उल्लेख्य वृद्धिपछि सेयर बजारलाई पुन: साथ, २ अर्ब ८८ करोडको कारोबार

सोमबार, जेठ २९ २०८०
एकदिनको उल्लेख्य वृद्धिपछि सेयर बजारलाई पुन: साथ, २ अर्ब ८८ करोडको कारोबार

काठमाडौं- यो साता पहिलो कारोबारमा उत्साहजनक वृद्धि देखिएको सेयर बजारमा दोस्रो कारोबारमा पनि सामान्य वृद्धि नै देखिएको छ। निरन्तर उतारचढावमा रहेको बजारमा सुधारको स्थायी आधार नभेटिँदा लगानीकर्ता पर्ख र हेरकै अवस्थाबाट बढिरहेको विश्लेषकहरू बताउँछन्। 

आइतबार ४०.४८ अंकले बढेर १९८०.०९ बिन्दुमा पुगेको बजार सोमबार सामान्य रुपमा बढेको हो। सोमबार ७.७९ अंकले बढेर १९८७.८७ बिन्दुमा पुगेको छ। ८९ कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब ८८ करोड ६५ लाख रूपैयाँको कारोबार भएको छ। 

गएको साता ७३.५३ अंकको सुधार देखिएको सेयर बजारमा यो साता पहिलो कारोबार नै उत्साहजनक रुपमा बढेको थियो। अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीकर्ताको पक्षमा आफू रहेको बताउँदै बजार सुधारतर्फ लैजानका लागि निरन्तर प्रयास गरिरहँदा कारोबार उतारचढावमा नै देखिन्छ। 

आउँदो आर्थिक वर्षको बजेटमा नै पनि पुँजी बजार पारदर्शी, प्रतिस्पर्धी बनाएर लगानीकर्ताको हित सुनिश्चित गर्ने घोषणाबीच मौद्रिक नीतिको पर्खाइमा रहेका लगानीकर्ता साथ मिल्ने आशमा देखिएका छन्। अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। अब आउने मौद्रिक नीतिको पर्खाइमा देखिएका लगानीकर्ता त्यसपछि मात्रै बजारको अवस्था आँकलन गर्न मिल्ने बताउँछन्। 


प्रकाशित : सोमबार, जेठ २९ २०८००९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend