मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

मधेस प्रदेशको बजेट घटेको छैन : अर्थमन्त्री महत

सोमबार, जेठ २९ २०८०
मधेस प्रदेशको बजेट घटेको छैन : अर्थमन्त्री महत

'मधेसको विकासका लागि विनियोजन भएको बजेट सम्भवतस् अझ धेरै होला', अर्थमन्त्री प्रकाशशरण महतले भने।

काठमाडौं- आगामी आर्थिक वर्षको बजेटमा मधेस प्रदेशका लागि बजेट नघटेको बताएका छन्। 

सोमबार प्रतिनिधिसभा बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले प्रदेश सरकारलाई जाने अनुदानलाई हेरेर प्रतिक्रिया दिन नहुने बताए।

सबैभन्दा न्यून मधेस प्रदेशमा अनुदान विनियोजन भएको छ। तर मन्त्री महतले वित्तीय हस्तान्तरणभन्दा पनि मधेस प्रदेशमा रहेका ठूला परियोजना र जसमा संघीय सरकारको क्षेत्राधिकारमा पर्ने र यस्ता आयोजनामा धेरै बजेट रहेको उनले बताए। 

‘सुनकोशी मरिन डाइभर्सनदेखि राजमार्गसम्मका आयोजनामा गएको बजेट पनि मधेसकै हो। मधेसको विकासका लागि विनियोजन भएको बजेट सम्भवत: अझ धेरै होला’, उनले भने।


प्रकाशित : सोमबार, जेठ २९ २०८००८:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend