शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

एमजी जेडएस ईभी (डिलक्स) को बुकिङ खुल्यो 

images
सोमबार, जेठ २९ २०८०
images
एमजी जेडएस ईभी (डिलक्स) को बुकिङ खुल्यो 

पारामाउन्ट मोटर्सले बजेट घोषणा हुनुअघि पैठारी गरिएका स्टकमा ग्राहकबाट अझै पनि पुरानो मूल्य ५२ लाख ४९ हजार रुपैयाँमै एमजी जेडएस ईभी पाउने जनाएको छ।

images
images

काठमाडौं- एमजी मोटरको नेपालका आधिकारिक आयातकर्ता तथा बिक्रेता  पारामाउन्ट मोटर्स प्रालिले नयाँ मोडलको विद्युतीय एसयूभी एमजी जेडएस ईभी (डिलक्स) को प्रि-बुकिङ खुला गरेको छ। 

images
images
images

आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत  ५० किलोवाटदेखि १ सय किलोवाटसम्मको विद्युतीय कारमा अत्याधिक कर वृद्धि भएतापनि एमजीले यस मोडलको कारको मूल्य जम्मा ५२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। बजेट भाषण अगाडि यस कारको मूल्य ५२ लाख ४९ हजार रुपैयाँ थियो।

images
images

विश्वमा चर्चित एमजी ब्रान्डले आफ्ना विविध मोडलका गाडीहरुले गर्दा नेपाली बजारमा पनि आफुलाई एउटा अब्बल ब्रान्डको रुपमा स्थापित गर्न सफल भएको छ। विविध विद्युतीय मोडलका उपलब्ध गराएको एमजीले आफुलाई नेपालीहरुको सर्वाधिक रुचाइएको गाडी मध्यमा पर्न सफल भएको छ। 

images
images

कोभिडपश्चात विद्युतीय गाडीलाई आवश्यक कच्चा पदार्थको घट्दो मूल्य तथा विश्व बजारमा यस ब्रान्डको बढ्दो बिक्रीका कारणले एमजीले विश्व बजारमा आफ्नो विद्युतीय गाडीको मूल्य घटाउन सफल भएको छ। त्यसकारण विद्युतीय गाडीमा भएको कर वृद्धि कारण पनि नेपालमा जेडएस ईभी (डिलक्स) मोडलको कारको मूल्यमा ठूलो वृद्धि गर्नु नपरेको पारामाउन्ट मोटर्सले जनाएको छ। 

पारामाउन्ट मोटर्सले बजेट घोषणा हुनुअघि पैठारी गरिएका स्टकमा ग्राहकबाट अझै पनि पुरानो मूल्य ५२ लाख ४९ हजार रुपैयाँमै एमजी जेडएस ईभी पाउने जनाएको छ। नयाँ एमजी जेडएस ईभी(डिलक्स)मा ९९ मोटर पिकपावर युक्त मोटर रहेको छ जसले २ सय ८० एनएम टर्क दिन्छ।

यो कारमा ५१ किलोवाट आवरको ब्याट्री छ जसले एकपटकको फुल चार्जमा ३ सय २० किलोमिटर रेन्ज दिन्छ। एमजी जेडएस ईभी (डिलक्स) ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। यो कारको ब्याट्रीमा ८ वर्ष वारेन्टी दिइएको छ। 

यो कारमा सुरक्षाको लागि यसमा ६ वटा एयर ब्याग,  ईएसपी, ईएबी, एचडीसी, अटो होल्ड जस्ता विशेषताहरु छन् भने मनोरन्जनको लागि प्रिमियम पानोरमिक सन-रुफ,  डीएबी रेडियो र ब्लुटुथ युक्त १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्राइभरको लागि ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ।

त्यस्तै वायरलेस फोन चार्जिङ, कि-लेस एन्ट्री र स्टार्ट, ६ वटा स्पिकर सहितको थ्री डी साउन्ड सिस्टम, ड्राइभरको लागि ६ वे र फ्रन्ट पेसेन्जरको लागि ४वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुईवटा  इसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरु (आउटर रियर सिटहरू), ६०/४० फोल्डिङ रियर सिटहरू, रूफ रेल, पावर-फोल्डिङलगायत विशेषता समावेश गरिएको छ। 

एमजी जेडएस ईभी(डिलक्स) भेरियन्ट ५ रंग विकल्पहरूमा उपलब्ध हुनेछ। डोभर ह्वाइट, कोस्मिक सिल्भर, डायमण्ड रेड, पेबल ब्ल्याक र कोमो ब्लू जेडएस ईभी (डिलक्स)मा उपलब्ध रंग हुन्। 


प्रकाशित : सोमबार, जेठ २९ २०८००५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend