मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

गएको साता ७३ अंकले बढेको सेयर बजारमा यो साता पहिलो कारोबारमै ४० अंकको वृद्धि, ३ अर्ब ४५ करोडको कारोबार

आइतबार, जेठ २८ २०८०
गएको साता ७३ अंकले बढेको सेयर बजारमा यो साता पहिलो कारोबारमै ४० अंकको वृद्धि, ३ अर्ब ४५ करोडको कारोबार

काठमाडौं- गएको साता ७३.५३ अंकको सुधार देखिएको सेयर बजारमा यो साता पहिलो कारोबार नै उत्साहजनक रुपमा बढेको छ।अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीकर्ताको पक्षमा आफू रहेको बताउँदै बजार सुधारतर्फ लैजानका लागि निरन्तर प्रयास गरिरहँदा कारोबारले साथ दिएको हो।

आइतबार ४०.४८ अंकले बढेर १९८०.०९ बिन्दुमा पुगेको छ। २१२ कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब ४५ करोड ४३ लाख रूपैयाँको कारोबार भएको छ। कारोबार रकममा हिसाबले पनि गएको केही महिनायता नै यो राम्रो सुधार हो। 

आउँदो आर्थिक वर्षको बजेटमा नै पनि पुँजी बजार पारदर्शी, प्रतिस्पर्धी बनाएर लगानीकर्ताको हित सुनिश्चित गर्ने घोषणाबीच मौद्रिक नीतिको पर्खाइमा रहेका लगानीकर्ता साथ मिल्नेमा विश्वस्त देखिएका छन्। अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। अब आउने मौद्रिक नीतिको पर्खाइमा देखिएका लगानीकर्ता त्यसपछि मात्रै बजारको अवस्था आँकलन गर्न मिल्ने बताउँछन्। 

गएको साता आइतबार ५३.३० अंकले बढेको बजार सोमबार १७.३८ अंकले घटेको थियो। मंगलबार २५.६६ अंकले बढेको बजार बुधबार पनि ४.६८ अंकले बढेको थियो। बिहीबार ७.२७ अंकले बढेर बजार १९३९.६१ बिन्दुमा पुगेको बजारमा यो साता पनि वृद्धितर्फ साथ मिल्ने देखिन्छ।


प्रकाशित : आइतबार, जेठ २८ २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend