शनिबार, साउन १२ गते २०८१    
images
images
images

सिनर्जी पावरले सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर दिने

images
बिहीबार , कात्तिक १८ २०७८
images
images
सिनर्जी पावरले सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर दिने

सिनर्जी पावर डेभलपमेन्टले सेयरधनीलाई ५० प्रतिशत हकप्रद जारी गर्ने भएको छ।

images

काठमाडौं- सिनर्जी पावर डेभलपमेन्टले सेयरधनीलाई ५० प्रतिशत हकप्रद जारी गर्ने भएको छ।

images
images

यसका लागि कम्पनीले विद्युत नियमन आयोगमा आवेदन दिइसकेको छ। नियमन आयोगले स्विकृत दिएपछि कम्पनीले सेयरधनीलाई हकप्रद सेयर जारी गर्ने छ। जसको लागिबिक्री प्रबन्धक समेत नियुक्त गरिसकेको छ।

images

कम्पनीले हाल बोनसपछि कायम भएको कुल चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ः१ अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ताको प्रतिसेयर अंकित मूल्य १ सय रुपैयाँका दरले हुन आउने ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो। 

कम्पनीले यसका लागि सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ। कम्पनीले गतवर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोसन सेयर समेत लाभाँश दिएको थियो। 

images


प्रकाशित : बिहीबार , कात्तिक १८ २०७८०१:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend