मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

विदेशी मुद्राको सञ्चिति बढ्दो, ९.७ महिनाको आयात धान्ने क्षमता

शुक्रबार, जेठ २६ २०८०
विदेशी मुद्राको सञ्चिति बढ्दो, ९.७ महिनाको आयात धान्ने क्षमता

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० वैशाख मसान्तमा १७.६ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोड डलर कायम भएको छ।

काठमाडौं- विदेशी मुद्रा सञ्चितिमा सुधार भइरहेको छ। पछिल्ला महिनामा सुधार हुँदै बढिरहेको रेमिट्यान्सका कारणले विदेशी मुद्राको सञ्चितिमा सुधार देखिएको हो। राष्ट्र बैंकका अनुसार अहिले ११ अर्ब २१ करोड अमेरिकी डलर विदेशी मुद्रा सञ्चिति रहेको छ। बैशाखमा मात्रै २७ करोड डलरले विदेशी मुद्राको सञ्चिति बढेको हो।

२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भई २०८० बैशाख मसान्तमा १४ खर्ब ७० अर्ब ३३ करोड पुगेको छ।  

यसैगरी अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० वैशाख मसान्तमा १७.६ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोड डलर कायम भएको छ।

यो गएको १९ महिनाकै उच्च हो। गत आर्थिक वर्षको असोजमा १० अर्ब ९८ अर्ब डलर सञ्चिति थियो। उक्त समयमा तीव्र घट्दो क्रममा रहेको सञ्चिति निरन्तर घटेर ९ अर्ब ३४ करोड डलरमा झरेको थियो। चालु वर्षको असोजदेखि बढ्न सुरु गरेर अहिले १८ महिनाअघिकै तहमा पुगेको छ। 

यो सञ्चितिले ११.२ महिनाको वस्तु तथा ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ। 


प्रकाशित : शुक्रबार, जेठ २६ २०८००८:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend