शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

विदेशी मुद्राको सञ्चिति बढ्दो, ९.७ महिनाको आयात धान्ने क्षमता

images
शुक्रबार, जेठ २६ २०८०
images
images
विदेशी मुद्राको सञ्चिति बढ्दो, ९.७ महिनाको आयात धान्ने क्षमता

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० वैशाख मसान्तमा १७.६ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोड डलर कायम भएको छ।

images
images

काठमाडौं- विदेशी मुद्रा सञ्चितिमा सुधार भइरहेको छ। पछिल्ला महिनामा सुधार हुँदै बढिरहेको रेमिट्यान्सका कारणले विदेशी मुद्राको सञ्चितिमा सुधार देखिएको हो। राष्ट्र बैंकका अनुसार अहिले ११ अर्ब २१ करोड अमेरिकी डलर विदेशी मुद्रा सञ्चिति रहेको छ। बैशाखमा मात्रै २७ करोड डलरले विदेशी मुद्राको सञ्चिति बढेको हो।

images
images

२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भई २०८० बैशाख मसान्तमा १४ खर्ब ७० अर्ब ३३ करोड पुगेको छ।  

images
images

यसैगरी अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० वैशाख मसान्तमा १७.६ प्रतिशतले वृद्धि भई ११ अर्ब २१ करोड डलर कायम भएको छ।

images
images
images

यो गएको १९ महिनाकै उच्च हो। गत आर्थिक वर्षको असोजमा १० अर्ब ९८ अर्ब डलर सञ्चिति थियो। उक्त समयमा तीव्र घट्दो क्रममा रहेको सञ्चिति निरन्तर घटेर ९ अर्ब ३४ करोड डलरमा झरेको थियो। चालु वर्षको असोजदेखि बढ्न सुरु गरेर अहिले १८ महिनाअघिकै तहमा पुगेको छ। 

यो सञ्चितिले ११.२ महिनाको वस्तु तथा ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ। 


प्रकाशित : शुक्रबार, जेठ २६ २०८००८:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend