मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

रेमिट्यान्स प्रवाह १३.४ प्रतिशतले बढ्यो

शुक्रबार, जेठ २६ २०८०
रेमिट्यान्स प्रवाह १३.४ प्रतिशतले बढ्यो

चालु आर्थिक वर्षको १० महिनामा १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स आएको छ।

काठमाडौं- चालु आर्थिक वर्षको १० महिनामा रेमिट्यान्स आप्रवाह नेपाली रुपैयाँमा २३.४ प्रतिशतले बढेको छ। अमेरिकी डलरमा भने रेमिट्यान्स प्रवाह १३.४ प्रतिशतले बढेको राष्ट्र बैकले सार्वजनिक गरेको तथ्यांकमा छ। 

शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार चालु आर्थिक वर्षको वैशाखमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको हो। 

चालु आर्थिक वर्षको १० महिनामा १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स आएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ०.५ प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा भने रेमिट्यान्स आप्रवाह १३.४ प्रतिशतले वृद्धि भइ ७ अर्ब ७० करोड आएको हो। अघिल्लो वर्ष यस्तो आप्रवाह १.२ प्रतिशतले घटेको थियो।

१० महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ५१.४ प्रतिशतले वृद्धि भइ ४ लाख २१ हजार २ सय ७९ पुगेको छ। 

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १० महिनामा ३.७ प्रतिशतले वृद्धि भइ २ लाख ३८ हजार ९ सय ७६ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ सय ८५.५ प्रतिशतले बढेको थियो। कोभिड पछि नेपाल भित्रिने रेमिट्यान्सको वृद्धि उत्साहजनक नै रहेको छ। 


प्रकाशित : शुक्रबार, जेठ २६ २०८००८:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend