काठमाडौं- एनएमबि बैंकले दराज नेपालका बिक्रेताहरुलाई विद्युतीय माध्यमबाट बिनाधितो कर्जा दिने भएको छ।
दराज र एनएमबि बैंकबीच सोसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्र एनएमबिको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र दराजको तर्फबाट प्रबन्ध निर्देशक आँचल कुँवरले आदान प्रदान गरे।
विशेषगरी बैंकिङ पहुँच कम भएका, उत्पादनशील उद्यमसँग जोडिएका, स्टार्ट अप्स फर्म तथा कम्पनीहरुलाई दराजसँगको कारोबारको आधारमा ५ लाख रूपैयाँसम्मको चालु पुँची कर्जा प्रदान गर्ने उद्देश्यले सो सम्झौता गरिएको बैंकले जनाएको छ।
यस कर्जा कागजरहित, झन्झटरहित र छिटोछरितो रुपमा डिजिटल रुपमा प्राप्त हुने भएकाले सरकारले लिएको
डिजिटल नेपालको अभियानमा बैंकले लिएको यो प्रयास कोसेढुंगा सावित हुने बैंकको विश्वास छ।