आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

किसानलाई व्यावसायिक कृषिमा संलग्न गराउन कृषि ‘प्रोफाइल’ निर्माण गर्दै शुक्लाफाँटा

images
बिहीबार , जेठ २५ २०८०
images
किसानलाई व्यावसायिक कृषिमा संलग्न गराउन कृषि ‘प्रोफाइल’ निर्माण गर्दै शुक्लाफाँटा

माटोको नमूना संकलन गर्ने तरिका सिकाउनका लागि नगरपालिकाका १२ वटै वडामा कर्मचारी खटाइएको छ।

images
images

कञ्चनपुर- व्यावसायिक कृषिमा किसानलाई संलग्न गराउने उद्देश्यले जिल्लाको शुक्लाफाँटा नगरपालिकाले कृषिसम्बन्धी ‘प्रोफाइल’ निर्माणका लागि तथ्यांक संकलन कार्य अगाडि बढाएको छ। फार्म नेपाल संस्थासँग सम्झौता गरी नगरपालिकाले कृषि प्रोफाइल निर्माण थालेको हो।

images
images
images

प्रोफाइल निर्माणका लागि किसानको घरधुरी सर्वेक्षण गर्न गणक परिचालन गरिएको नगरपालिकाको कृषि शाखाका प्रमुख करन बुढाऐरले बताए। उनका अनुसार कृषि प्राविधिकअन्तर्गत प्रविणता प्रमाणपत्र तह (आईएस्सी एजी) अध्ययन गरेका सात जना र स्नातक तह (बीएस्सी एजी) अध्ययन गरेका तीन जनालाई गणकका रूपमा खटाइएको छ।

images
images

गणकले किसान परिवारको अवस्था, सङख्या, जमिनको अवस्था, प्रकृति, सिँचाइको अवस्था, बाली लगाउने तरिका, तरकारी खेतीको तौरतरिका, खेती गर्ने प्रविधि, कृषि औजार उपकरणको अवस्था, सिञ्चित क्षेत्र, असिञ्चत क्षेत्र, व्यावसायिक कृषि फार्म, समूह, सहकारीलगायत तथ्यांक संकलन गर्ने छन्।

images
images

कृषि बजारको अवस्था र चुनौतीका बारेमासमेत जानकारी संकलन गरिने कृषि शाखाका प्रमुख बुढाऐरले बताए। प्रोफाइलमा कृषिसम्बन्धी विस्तृत जानकारी संकलन गरी सोहीअनुसार कृषकलाई व्यवसायिक बनाउन पहल गरिने उनको भनाइ छ।

'डिजिटल प्रविधिको प्रयोग गरी प्रोफाइल बनाइने भएकाले प्रोफाइलमा प्रत्येक किसानको व्यक्तिगत विवरण (बायोडाटा) समावेश गरिएको हुन्छ', प्रमुख बुढाऐरले भने, 'गणकले संकलन गरेका तथ्यांक र जानकारीको विश्लेषण गरी प्रोफाइल निर्माण गरिने छ।'

कृषि शाखा प्रमुख बुढाऐरले कृषि र कृषका बारेमा विस्तृत जानकारी प्राप्त भएपछि त्यसकै आधारमा नगरपालिकाले कृषिसम्बन्धी योजना बनाइ लागु गर्ने जानकारी दिए। उनका अनुसार माटोको नमूना संकलन गर्ने तरिका सिकाउनका लागि नगरपालिकाका १२ वटै वडामा कर्मचारी खटाइएको छ। किसानलाई वडावडामा भेला गराई माटोको नमुना संकलन गर्न सिकाउने कार्य भइरहेको बुढाऐरले बताए। यसपछि वडावडामा घुम्ती माटो परीक्षण शिविरका लागि भ्यान परिचालन गरी माटोको नमूना चेकजाँचको कार्य गरिने उनको भनाइ थियो।

'माटोको नमूना परीक्षण पश्चात नतिजाका आधारमा किसानलाई माटो सुधारका लागि आवश्यक सुझाव दिनेछौँ', नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्रराज भट्टले भने, 'माटोको अवस्था यकिन भएपछि त्यसकै आधारमा किसानलाई अन्नबाली, तेहन, दलहन बाली, उखु, तरकारी खेतीका लागि सिफारिस गर्नेछौँ।'

‘एक वडा एक बाली’को अवधारणलाई लागु गरिने उनको भनाइ छ। प्रोफाइल र माटो परीक्षणका आधारमा किसानलाई मल, विषादी, बीउ, सिँचाइका लागि स्यालो ट्युबेल, कृषि औजार र यन्त्र अनुदानमा उपलब्ध गराउने गरी कृषि विज्ञको सल्लाहमा योजना बनाउने प्रशासकिय अधिकृत भट्टले जानकारी दिए। उनले भने, 'व्यावसायिक र आधुनिक तरिकाले कृषि गर्ने किसानलाई प्रोत्साहित गर्ने नगरपालिकाको लक्ष्य रहेको छ।'

नगरपालिकाका ९० प्रतिशत बासिन्दा कृषिमा आश्रित रहेको नगरप्रमुख रणबहादुर महराले बताए। उनका अनुसार यहाँका अधिकांश किसानले परम्परागत तरिकाले कृषि गर्दै आएका छन्। 'थोरै मात्रै किसान व्यावसायिक कृषि कार्यमा संलग्न छन्। कृषिमा नगरपालिकालाई जिल्लामै उत्कृष्ट बनाउनका लागि प्रोफाइल निर्माणको कार्य अगाडि बढाइएका छौँ', नगरप्रमुख महराले भने, 'प्रोफाइलकै आधारमा कृषियोजना बनाइ लागु गर्नेछौँ।'

कृषि प्रोफाइलसँगै नगरपालिकाले ‘डिजिटल स्वाईल क्रोप म्याप’समेत निर्माण गर्ने जनाएको छ। कृषि प्रोफाइल निर्माणका लागि नगरपालिकाले १० लाख रूपैयाँ बजेट विनियोजन गरी परिचालन गरेको छ। माटोको नमुना संकलन गर्न सिकाउनका लागि एक लाख रूपैयाँ र माटो परीक्षण शिविरका लागि एक लाख रूपैयाँ बजेट विनियोजन गरिएको नगरप्रमुख महराले जानकारी दिए। रासस 


प्रकाशित : बिहीबार , जेठ २५ २०८००८:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend