आइतबार, जेठ १८ गते २०८२    
आइतबार, जेठ १८ २०८२
images
images

बैतडीका स्थानीय तहबाट श्रम स्वीकृति दिन सुरू

images
बिहीबार , जेठ २५ २०८०
images
images
बैतडीका स्थानीय तहबाट श्रम स्वीकृति दिन सुरू

स्थानीय तहबाटै श्रम स्वीकृति पाउन थालेपछि वैदेशिक रोजगारीमा जान चाहने युवालाई सहज भएको छ।

images
images

बैतडी- बैतडीका स्थानीय तहले वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई श्रम स्वीकृति दिन सुरू गरेका छन्। यहाँका दश स्थानीय तहमध्ये पाटन र दशरथचन्द नगरपालिकाले श्रम स्वीकृति दिन सुरू गरेका हुन् ।  

images
images
images

यसअघि श्रम मन्त्रालयबाट मात्रै दिइने गरेको श्रम स्वीकृति अब स्थानीय तहबाट पनि प्रदान गर्न सकिने भएपछि दुई पालिकाले श्रम स्वीकृति दिन थालेका हुन्। 

images
images

सरकारको गत चैत १६ गतेको निर्णय अनुसार बैशाख १ गतेदेखि लागू हुने गरी स्थानीय तहले नै  रोजगार शाखामार्फत श्रम स्वीकृति दिन सक्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा पाटन नगरपालिकाले श्रम स्वीकृति दिन थालेको नगरप्रमुख गौरीसिंह रावलले जानकारी दिइन्।

images
images
images

वैदेशिक रोजगारीलाई व्यवस्थित र मार्यादित बनाउन स्थानीय तहबाट श्रम स्वीकृति दिने कार्य महत्वपूर्ण रहेको उनको भनाइ छ।

यसअघि दशरथचन्द नगरपालिकाले गत बैशाख अन्तिम साताबाट श्रम स्वीकृत दिन थालेको थियो। रासस


प्रकाशित : बिहीबार , जेठ २५ २०८००६:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend