मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

‘पीसीआई एसएससी’को सल्लाहकार समितिमा नेपालको नेप्स चयन 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ २४ २०८०
‘पीसीआई एसएससी’को सल्लाहकार समितिमा नेपालको नेप्स चयन 

विश्वका मुख्य कार्ड सेवप्रदायकहरूलसमेत अनिवार्य सर्टिफिकेसन गरेको यो संस्थाको सल्लाहकार समितिमा नेपालको नेप्स चयन भएको हो। 

काठमाडौं- कार्डबाट हुने भुक्तानीको गुणस्तर सम्बन्धी मापदण्ड विकास क्रममा क्रियासिल पेमेन्ट कार्ड इन्ड्रष्ट्री सेक्युरिटी स्ट्यानर्डर्ड काउन्सिलको सल्लाहकार समितिमा नेपालको नेप्स चयन भएको छ। 

विश्वका मुख्य कार्ड सेवप्रदायकहरूलसमेत अनिवार्य सर्टिफिकेसन गरेको यो संस्थाको सल्लाहकार समितिमा नेपालको नेप्स चयन भएको हो। 

सल्लाहकार समितिमा भएका सदस्य संस्थाहरुले कार्ड मार्फत् हुने कारोबारमा डेटा सुरक्षा सम्बन्धि मापदण्डहरुको विकासमा उल्लेख्य भूमिका निर्वाह गर्नुका साथै, आ-आफ्नो बजार, भूगोल र प्राविधिक अनुभवहरु मापदण्डको विकासक्रममा प्रस्तुत गरि मापदण्डहरुलाई समयसापेक्ष बनाउने अवसर पाउँछन्। 

समग्र नेपालकै लागि गो गौरबको विषय भएको नेप्सका सीईओ सञ्चिव सुब्बाले बताए। 

'यो हाम्रो लागि गौरवको विषय हो यसले नेप्स नयाँ उचाई तर्फ बढिरहेको पनि संकेत गर्दछ यो संस्थाको लक्ष्य प्राप्तिको लागि ज्ञान, सीप, अनुभवको योगदान गर्न नेप्स तयार आतुर पनि रहेको साथै, हामीले यो अवसरलाई कार्ड मार्फत हुने कारोवारको सुरक्षालाई अझै चुस्त समय सापेक्ष बनाउन अनि भुक्तानी क्षेत्रमा नविनता सुरक्षित डिजीटल परिदृश्यको कल्पना साकार पर्ने चुनौतीको रुपमा पनि लियका छौँउनले भनेका छन्। 


प्रकाशित : बुधबार, जेठ २४ २०८०११:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend