मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

१० प्रतिशत ब्याजको १० वर्षे ऋणपत्र जारी गर्दै सिटिजन्स बैंक

बुधबार, जेठ २४ २०८०
१० प्रतिशत ब्याजको १० वर्षे ऋणपत्र जारी गर्दै सिटिजन्स बैंक

बैंकले १००० रुपैयाँ दरका तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने छ।

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेशनलले १० वर्ष अवधिको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १० प्रतिशत ब्याजको ऋणपत्र निष्कासन गर्न लागेको हो।

बैंकले ‘१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८०’ निष्कासनका लागि प्रक्रिया अगाडि बढाएको छ। यसका लागि बैंकले हिमालयन क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

बैंकले १००० रुपैयाँ दरका तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने छ।

निष्कासनका लागि भएको सम्झौतामा सिटिजन्स बैकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र हिमालयन क्यापिटलका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन्।

उच्चतम प्रतिफलसहितको ऋणपत्रबाट दीर्घकालीन लगानीकर्ताहरु लाभान्वित हुने विज्ञप्तिमा उल्लेख छ। बैंकका देशभर १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर,  १४० वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरु छन्।            


प्रकाशित : बुधबार, जेठ २४ २०८०१०:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend