बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

सेयर बजारमा सामान्य वृद्धि, २ अर्ब ३६ करोडको कारोबार

images
बुधबार, जेठ २४ २०८०
images
सेयर बजारमा सामान्य वृद्धि, २ अर्ब ३६ करोडको कारोबार
images
images

काठमाडौं- उतारचढावपूर्ण अवस्थामा देखिएको सेयर बजारले बुधबार पनि उही निरन्तरता पाएको छ। स्थायी सुधारको आधार खोजिरहेका लगानीकर्ता विश्वस्त हुन नसक्दा बजारले अपेक्षाकृत वृद्धि भेट्न सकेको छैन। 

images
images
images

बुधबार ४.६८ अंकले बढेर १९३२.३३ बिन्दुमा पुगेको छ। १३७ कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब ३६ करोड ८८ लाख रूपैयाँको कारोबार भएको छ। 

images
images

यो साता आइतबार ५३.३० अंकले बढेको बजार सोमबार १७.३८ अंकले घटेको थियो। मंगलबार २५.६६ अंकले बढेर बजार १९२७.६५ बिन्दुमा पुगेको थियो। 

images
images

बजेटमार्फत आएका विषयमा लगानीकर्तामा दुविधा देखिँदा बढ्न नसकेको बजार अर्थमन्त्री करको विषयमा प्रष्ट्याएसँगै केही विश्वस्त बनेको थियो।

आउँदो आर्थिक वर्षको बजेटमा पुँजी बजार पारदर्शी, प्रतिस्पर्धी बनाएर लगानीकर्ताको हित सुनिश्चित गर्ने घोषणा गरिएको छ।

साथै पुँजी बजारमा संस्थागत लगानी प्रोत्साहन गर्ने, धितोपत्र बजारका वास्तविक क्षेत्रमा गैरआवासीय लगानी प्रोत्साहन गर्ने, धितोपत्र औजारको विविधीकरण गरिने, कमोडिटी एक्सचेञ्ज मार्केट र एसएमईज प्लेटफर्म सञ्चालनमा ल्याइनेजस्ता विषय पनि बजेटमा उल्लेख छ।

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। अब आउने मौद्रिक नीतिको पर्खाइमा देखिएका लगानीकर्ता त्यसपछि मात्रै बजारको अवस्था आँकलन गर्न मिल्ने बताउँछन्। 


प्रकाशित : बुधबार, जेठ २४ २०८००९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend