शनिबार, साउन १२ गते २०८१    
images
images
images

लाभांश घोषणापछि पनि सेयर बजारमा उतारचढाव, तिहारपछि के होला?

images
बुधबार, कात्तिक १७ २०७८
images
images
लाभांश घोषणापछि पनि सेयर बजारमा उतारचढाव, तिहारपछि के होला?

बुधबार सेयर बजारमा तिव्र उचारचढाव देखिएको छ। तिहार पछि सेयर बजार के हुन्छ भन्ने अन्योलताले सेयर बजारमा तिव्र उचारचढाव देखिएको हो।

images

काठमाडौं- बुधबार सेयर बजारमा तीव्र उचारचढाव देखिएको छ। तिहारपछि सेयर बजार के हुन्छ भन्ने अन्योलले सेयर बजारमा तीव्र उचारचढाव देखिएको हो। विगत दुई सातामा चुनावी हल्लाले सुधारिएको सेयर बजारलाई अब के कुराले असर गर्छ भन्ने निश्चित छैन।

images
images

मंगलबार २३.७६ अंकले बढेको सेयर बजार तिहारअघि कारोबारको अन्तिम दिन बुधबार ५.२२ अंकले बढेर २८४८.८४ बिन्दुमा पुगेको छ। बुधबार ९९ लाख ९५ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५५ करोड ३० लाख रूपैयाँको कारोबार भएको हो। १११ कम्पनीको सेयर मूल्य घट्दा ७४ कम्पनीको मात्रै सेयर बढेको छ। ३८ प्रतिशत लाभांश घोषणा गरेको नबिल बैंकको मात्रै १ अर्ब १७ करोड ९७ लाख ८६ हजार १ सय ७९ रूपैयाँको कारोबार भएको छ। 

images

तिहारपछि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्नेछ। यदि नेपाल राष्ट्र बैंकले लगानीकर्ताको अनुरोधलाई सम्बोधन गरेका खण्डमा सेयर बजारले नयाँ उचाइ लिने एकथरीको विश्लेषण छ। तर गभर्नर महाप्रसाद अधिकारी लगानीकर्ताको आवाज सुन्ने पक्षमा देखिँदैनन्।

केही दिन अगाडि एउटा कार्यक्रममा गभर्नर अधिकारीले सेयर धितोकर्जाका विषयमा नेपाल राष्ट्र बैंकले लिएको नीतिलाई बचाउ गरेका थिए। ठूला लगानीकर्ताहरू सेयर धितो कर्जामा नेपाल राष्ट्र बैंकले लगाइदिएको ४/१२ को सीमालाई सम्बोधन गरिदिएमा बजारले नयाँ गति लिने विश्वासमा छन्।

images

त्यस्तै सरकारले तिहारपछि चुनावको तयारी गरेको समाचार बाहिरिएमा सेयर बजारले पुनः सुधारको गति लिने विश्वास गरिएको छ। त्यस्तै कात्तिक मसान्तमा सम्पूर्ण बैंक वित्तीय संस्थाले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गर्नेछन्। बैंकिङ प्रणालीमा तरलता अभावको समस्या समाधान भएको छैन।

त्यसैले गर्दा बढ्दो ब्याजदरको प्रभाव सेयर बजारमा पर्ने निश्चित छ। नेपाल राष्ट्र बैंकले एक पटकमा निक्षेप तथा कर्जाको ब्याजदर १० प्रतिशतभन्दा धेरैले बढाउन नपाउने गरी क्याप लगाइदिएको छ। नेपाल राष्ट्र बैंकको यस्तो नीतिले बैंकहरूले १० प्रतिशत ब्याजदर बढाउने निश्चित छ।

अर्कोतर्फ असोजपछि घर जग्गाको सिजन सुरु हुनेछ। यदि यस अवधिमा सेयर बजार सुधार भयो भने बिक्री गरेर बाहिरिने लगानीकर्ताको लाइन लाग्नेछ। गत भदौमा बाहिरिएका लगानीकर्ताले अहिले पहिलाकै अनुपातमा सेयर खरिद गरेका छैनन्। उनीहरूले घर जग्गामा लगभग लगानी गरिसकेका छन्। त्यस्तै चुनावी हल्लामा बजार सुधार हुने र बिक्री गरेर बाहिरिने तरखरमा रहेका लगानीकर्ताको कारणले पनि बजारमा सप्लाइ बढ्ने अनुमान गरिएको छ।

अहिले सेयर बिक्री गर्दा तिहारपछि बढ्यो भने के गर्ने साथै अहिले सेयर खरिद गर्‍यो  र तिहारपछि घट्यो भने डुबिन्छ भन्ने डरले पनि सेयर बजारमा तीव्र उतारचढाव देखिएको हो।    


प्रकाशित : बुधबार, कात्तिक १७ २०७८०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend