मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

मर्जरमा जाने बैंकहरूले असार मसान्तसम्म सुविधा पाउने गरी राष्ट्र बैंकको परिपत्र, के-के छन् सुविधा?

मंगलबार, जेठ २३ २०८०
मर्जरमा जाने बैंकहरूले असार मसान्तसम्म सुविधा पाउने गरी राष्ट्र बैंकको परिपत्र, के-के छन् सुविधा?

नेपाल राष्ट्र बैंकले मर्जरमा जाने वाणिज्य बैंकहरुलाई थप सुविधा दिने गरी निर्देशन जारी गरेको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले मर्जरमा जाने वाणिज्य बैंकहरुलाई थप सुविधा दिने गरी निर्देशन जारी गरेको छ।

राष्ट्र बैंकले एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्न नसकेको अवस्थामा २०८० असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा सुविधा दिनेगरी परिपत्र गरेको हो।

मर्जरमा जान चाहने र एकिकृत काराेबारकाे तयारीमा रहेका वाणिज्य बैंकहरुले सुविधा पाउने छन्। 

एकीकृत कारोबार सञ्चालन गरेको मितिबाट पाउने सुविधा तथा छुट :

१. तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिने।

२. सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तिमा ६ महिना व्यतित नभई यस बैंकबाट इजाजत पत्र प्राप्त अन्य संस्थामा आबद्ध हुन नपाउने विद्यमान प्रावधानमा छुट प्रदान गरिने।

३. एकीकृत कारोबार सञ्चालन गरेको मितिमा कर्जा निक्षेप अनुपातले सीमा नाघेको अवस्थामा सो नियमित गर्न ६ महिनाको समय प्रदान गरिने।

४. गाभ्ने-गाभिने तथा प्राप्तिमा संलग्न संस्थामा साविकमा कायम रहेको भिन्न ब्याजदरका कारण एकीकृत कारोबार गर्दाका बखत ब्याजदर अन्तर यस बैंकले तोकेको सीमाभन्दा बढी भएमा ब्याजदर अन्तरलाई तोकिएको सीमाभित्र
ल्याउन एक वर्षको समय प्रदान गरिने।

५. यस बैंकबाट तोकिएको प्रति संस्था निक्षेप संकलन सीमामा एक वर्षसम्म ५ प्रतिशत बिन्दुले थप गरिने।

६. एकीकृत कारोबार सञ्चालनको क्रममा एक किलोमिटरको दूरीमा सञ्चालनमा रहेका शाखा कार्यालयहरु मध्ये कुनै एक शाखा कायम राखी सोही दुरीभित्रका अन्य शाखा गाभ्न वा बन्द गर्न एक वर्षसम्म यस बैंकको स्वीकृति आवश्यक नपर्ने। 


प्रकाशित : मंगलबार, जेठ २३ २०८०१०:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend