मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

उतारचढावपूर्ण अवस्थामा सेयर बजार, साताको तेस्रो कारोबारमा उल्लेख्य वृद्धि

मंगलबार, जेठ २३ २०८०
उतारचढावपूर्ण अवस्थामा सेयर बजार, साताको तेस्रो कारोबारमा उल्लेख्य वृद्धि

काठमाडौं- सेयर बजार उतारचढावपूर्ण अवस्थामा देखिएको छ। दबाबबीच आइतबार उछाल आएको बजार सोमबार घटेकोमा मंगलबार पुन: वृद्धि देखिएको छ। 

मंगलबार २५.६६ अंकले बढेर बजार १९२७.६५ बिन्दुमा पुगेको छ। १८५ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ अर्ब ९८ करोड रूपैयाँको कारोबार भएको छ। 

यो साता आइतबार आइतबार ५३.३० अंकले बढेको बजार सोमबार १७.३८ अंकले घटेर १९०१.९९ बिन्दुमा पुगेको थियो। बजेटमार्फत आएका विषयमा लगानीकर्तामा दुविधा देखिँदा बढ्न नसकेको बजार अर्थमन्त्री करको विषयमा प्रष्ट्याएसँगै केही विश्वस्त बनेको थियो।

आउँदो आर्थिक वर्षको बजेटमा पुँजी बजार पारदर्शी, प्रतिस्पर्धी बनाएर लगानीकर्ताको हित सुनिश्चित गर्ने घोषणा गरिएको छ।

साथै पुँजी बजारमा संस्थागत लगानी प्रोत्साहन गर्ने, धितोपत्र बजारका वास्तविक क्षेत्रमा गैरआवासीय लगानी प्रोत्साहन गर्ने, धितोपत्र औजारको विविधीकरण गरिने, कमोडिटी एक्सचेञ्ज मार्केट र एसएमईज प्लेटफर्म सञ्चालनमा ल्याइनेजस्ता विषय पनि बजेटमा उल्लेख छ।

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। अब आउने मौद्रिक नीतिको पर्खाइमा देखिएका लगानीकर्ता त्यसपछि मात्रै बजारको अवस्था आँकलन गर्न मिल्ने बताउँछन्। 


प्रकाशित : मंगलबार, जेठ २३ २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend