आइतबार, भदौ २३ गते २०८१    
images
images

आईपीओ भर्दा सेवा शुल्कमा छैन एकरुपता, कुन बैंकमा कति शुल्क?

images
आइतबार, कात्तिक २१ २०७८
images
images
आईपीओ भर्दा सेवा शुल्कमा छैन एकरुपता, कुन बैंकमा कति शुल्क?

२७ वटा वाणिज्य बैंकहरू मध्ये १० वटा बैंकले सेयर भर्दा सेवा शुल्क लिँदैन। बाँकी १७ वटा बैंकले भने सेवा शुल्क लिन्छ। तर, सेवा शुल्कमा पनि एकरुपता छैन।

images
images

काठमाडौं- सर्वसाधारणका लागि जारी गरिने साधारण सेयर (आईपीओ) भर्दा बैंकहरूले लिने शुल्कमा एकरुपता देखिएको छैन। 

images
images
images

निकाशन भएको प्राथमिक सेयर (आईपीओ) मेरो सेयरको एपबाट अनलाइन भर्न सकिन्छ। तर, त्यसका लागि बैंकसँग जोडिएको हुनुपर्छ। जुन बैंकसँग जोडिएको छ त्यही बैंकको खाताबाट रकम काटिने गरी सेयर भर्न सकिन्छ। तर, यसरी सेयर भर्दा बैंकले सेवा शुल्क वापत (आस्वा) रकम लिने गर्छन्। तर, केही बैंकहरूले पनि नि:शुल्क सेवा दिएका  छन्।

२७ वटा वाणिज्य बैंकहरू मध्ये १० वटा बैंकले सेयर भर्दा सेवा शुल्क लिँदैन। बाँकी १७ वटा बैंकले भने सेवा शुल्क लिन्छ। तर, सेवा शुल्कमा पनि एकरुपता छैन।

बैंकअनुसार फरक फरक छ। त्यसमा पनि सबैभन्दा बढी स्टान्डर्ड चार्टर्ड बैंक एक सय रुपैयाँ लिन्छ। यसबाहेक नेपाल एसबिआई बैंक र लक्ष्मी बैंकले २५ रुपैयाँ लिन्छन्।

images

यसैगरी सिटिजन, एभरेष्ट, हिमालयन, कुमारी, नेपाल इन्भेष्टमेन्ट र एनएमबीले २० रुपैयाँ सेवा शुल्क लिन्छ।

साथै कृषि विकास बैंक, बैंक अफ काठमाडौं, माछापुच्छ्रे , नेपाल बंगलादेश, प्रभु, प्राइम, सनराइज र सिभिल बैंकले १० रुपैयाँ सेवा शुल्क लिन्छन्।

यसैगरी सिद्धार्थ, सानिमा, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया, एनसीसी, नेपाल बैंक, नबिल, ग्लोबल आईएमई बैंक र सेन्चुरी बैंकले कुनै शुल्क लिँदैन।

पछिल्लो समय विभिन्न कम्पनीको प्राथमिक सेयर (आईपीओ) जारी भइरहेको छ। आईपीओमा आवदेन दिने ग्राहकको संख्या पनि २५ लाखको हाराहारीमा पुगिसकेको छ।

यसबाहेक विकास बैंक तथा फाइनान्स कम्पनीहरूले पनि सेवा शुल्क लिन्छन्। जसमा एकरुपता देखिँदैन।


प्रकाशित : आइतबार, कात्तिक २१ २०७८०१:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend