शनिबार, साउन १२ गते २०८१    
images
images
images

५ अर्ब २३ करोडको आईपीओ आउँदै (सूचीसहित)

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, कात्तिक २० २०७८
images
images
५ अर्ब २३ करोडको आईपीओ आउँदै (सूचीसहित)

५ अर्ब २३ करोड रुपैयाँ बराबरको ५ करोड २३लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासनको तयारीमा रहेको छ।

images

काठमाडौं- ५ अर्ब २३ करोड रुपैयाँ बराबरको ५ करोड २३लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासनको तयारीमा रहेको छ।

images
images

पछिल्लो समय करिब ४३ लाख लगानीकर्ताका लागि आईपीओ पहिलो प्राथमिकता र चासोमा परिरहेको छ। साना ठूला लगानीकर्तामा यसको आकर्षण बढ्न थालेपछि डिम्याट खाता खोल्नेको संख्यामा पनि दैनिक वृद्धि भइरहेको छ। बुधबारसम्मको तथ्यांकमा जम्मा ४६ लाख डिम्याट खाता रहेकोमा ४३ लाख खाता सक्रीय छन्। 

images

दोस्रो बजार प्रवेश नगर्नेका लागि पनि निकै चासो र छोटो समयमा आम्दानीको स्रोत बनाउन सकिने विश्वास देखिन्छ। सामान्य लगानीले पनि राम्रो आर्जन गर्न सफल भएका उदाहरण पनि भेटिन्छन्। यस्तोमा अहिले धितोपत्र बोर्डमा २० वटा कम्पनी आईपीओ निष्कासनको अनुमतिको पर्खाइमा छन्।

बोर्डको प्रारम्भिक समीक्षा अन्तर्गतका कम्पनीमा ७ वटा हाइड्रो पावर, ३ वटा माइक्रो फाइनान्स, एउटा इन्स्योरेन्स र एउटा अन्य रहेका छन्। प्रारम्भिक चरणमा रहेको १२ कम्पनीको ३ अर्ब २२ करोड ५५ लाख रुपैयाँको २ करोड ५५ लाख कित्ता सेयर निष्कासनका लागि धितोपत्र बोर्डको पहिलो चरण तयारीमा रहेका छन्। जसमा रिलायबल इन्स्योरेन्सको १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर रहेको छ। हाल यी कम्पनीलाई धितोपत्रको बोर्डको प्रारम्भिक चरणमा राखेको छ।

images

बोर्डले प्रारम्भिक समीक्षा र अवलोकन गरि कम्पनीप्रति टिप्पणी गर्दै  आवश्यक कागजात र सुधार गर्नुपर्ने भन्दै तीन वटा कम्पनी राखेको छ। जसमा डिस मिडिया नेटवर्क र आइएमइ लाइफ इस्योरेन्स र दोर्दी खोला हाइड्रो पावर कम्पनी रहेका छन्। 

डिस मिडिया नेटवर्कले वर्षौंसम्म पनि आवदेनलाई अगाडि बढाएको छैन। नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले बोर्डले प्रारम्भिक समीक्षा गरेर कम्पनीसँग पटक पटक जवाफ मागे पनि कम्पनीबाट कुनै पनि जवाफ नआएको बताए। 

‘डिस मिडिया नेटवर्कलाई पटक पटक हामीले जवाफसहितको पत्र पठाउन अनुरोध गरे पनि कम्पनीले चासो नदेखाउँदा वर्षौंसम्म पाइपलाइनको पर्खाइमा रहेको हो, जवाफ पठाउने वित्तिकै पक्रियामा जान सक्छ’ गिरीले भने। 

डिस मिडिया नेटवर्कको २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९ सय २८ कित्ता र आइएमइ लाइफ इस्योरेन्स कम्पनीको ६० करोड रुपैयाँको ६० लाख कित्ता गरी जम्मा ८३ करोड ८५  लाख ९२ हजार ९९ सय रुपैयाँ बराबरको ८३ लाख ८५ हजार ९ सय २९ कित्ता तयारीमा देखिन्छ। दोर्दी खोला हाइड्रो पावर कम्पनीको २९ करोड ५१ लाख रुपैयाँ बराबरको २९ लाख ५१ हजार कित्ता सेयर रहेको छ। यी कम्पनीको सेयर बोर्डले प्रारम्भिक अध्ययन गरेर कम्पनीलाई आवश्यक कागजातको प्रक्रियाका लागि आउन भनेको छ।

त्यस्तै बोर्डले पुनः अवलोकन गरेर अन्तिम जवाफ मागेका ४ वटा हाइड्रो पावर कम्पनी र एउटा माइक्रोफाइनान्स कम्पनी रहेका छन्। जसमा विन्दवासिनी हाइड्रो डेभलपमेन्ट, हिमालयन हाइड्रो, बलेफी हाइड्रो पावर, ग्रिनभेन्जर हाइड्रो र निस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको गरी जम्मा १ अर्ब ५४ करोड मूल्य बराबरको १ करोड ५४ लाख कित्ता सेयर बोर्डको जवाफ मागको तयारीमा रहेका छन्। यी कम्पनीले बोर्डले मागेको आवश्यक जवाफ पेश गरेको खण्डमा बोर्डले  प्राथमिक सेयर निष्कासन गर्नका लागि अनुमति दिनेछ।

कुन कम्पनीको कति?


प्रकाशित : शनिबार, कात्तिक २० २०७८००:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend