शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

करेन्ट चाउचाउद्वारा गैरकानूनी रुपमा वाइवाइ ट्रेडमार्कको नक्कल

images
सोमबार, जेठ २२ २०८०
images
करेन्ट चाउचाउद्वारा गैरकानूनी रुपमा वाइवाइ ट्रेडमार्कको नक्कल

यसरी गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय ख्याती कमाएको वाइवाइको लोकप्रियताको दुरूपयोग गर्ने नियतका साथ वाइवाइजस्तै देखिने गरि र्‍यापर प्रयोग गरेर उपभोक्ताको अधिकारमाथि प्रत्यक्ष प्रहार गरिएको छ। करेन्ट चाउचाउले आफूलाई वाइवाइजस्तै देखाएर उपभोक्तालाई भ्रमित पार्ने काम गरेको हो।

images
images

काठमाडौं - यशोदा फुड्स प्रा.लिद्वारा उत्पादित करेन्ट चाउचाउले नेपालको प्रतिष्ठित वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरी वाइवाइजस्तै देखिनेगरि उपभोक्तालाई झुक्याउने काम गरेको छ। यसबाट यशोदा फुड्सले कानूनको प्रत्यक्ष उल्लंघन मात्रै गरेको छैन, उपभोक्ताको अधिकारसमेत हनन गरेको छ। 

images
images
images

वाइवाइ नेपालको सर्वाधिक लोकप्रिय चाउचाउ हो। अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम गरी चौधरी ग्रुपद्वारा उत्पादित वाइवाइ नेपालका साथै विश्वभर छरिएका नेपालीको विगतचार दशकदेखि पहिलो रोजाईँमा रहँदै आएको छ।

images
images

यसरी गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय ख्याती कमाएको वाइवाइको लोकप्रियताको दुरूपयोग गर्ने नियतका साथ वाइवाइजस्तै देखिने गरि र्‍यापर प्रयोग गरेर उपभोक्ताको अधिकारमाथि प्रत्यक्ष प्रहार गरिएको छ। करेन्ट चाउचाउले आफूलाई वाइवाइजस्तै देखाएर उपभोक्तालाई भ्रमित पार्ने काम गरेको हो।

images
images

वाइवाइजस्तै देखिने र्‍यापर प्रयोग गरी करेन्ट चाउचाउले ट्रेडमार्क ऐन २०२२ को उल्लंघन र उपभोक्ता अधिकारमाथि प्रत्यक्ष हनन गरेपछि सीजी फुड्स प्रा.लिले उद्योग विभागमा मुद्दा दायर गरिसकेको छ। पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ को दफा १६ (२) मा कुनै व्यक्तिको नाममा दर्ता भएको ट्रेडमार्क अरु कसैले नक्कल गर्न हुँदैन भनिएको छ। 

wai 2.jpg

उपभोक्तालाई भ्रममा पार्नेगरि ट्रेडमार्क हुबहु नक्कल गरी प्रयोग गरेमा उक्त ऐनको दफा १९ अनुसार उद्योग विभागको आदेशले कसुरको मात्राअनुसार १ लाख रूपैयाँसम्म जरिवना र सो कसुरसँग सम्बन्धित सबै मालसामान बजारबाट जफत हुने व्यवस्था गरेको छ। सीजी फुड्सले यही कानूनअनुसार करेन्ट चाउचाउमाथि कारबाही हुनुपर्ने माग गरेको छ। कानूनले यससम्बन्धी निर्णय गर्ने अधिकारी उद्योग विभागका महानिर्देशकलाई तोकेको छ।  

विभागसम्बद्ध अधिकारीहरूका अनुसार सीजी फुड्ले २०७९ साउनमा विभागमा दर्ता गरिएको मुद्दालामो समयदेखि विचाराधीन अवस्थामा छ, जसका कारण उपभोक्ताको अधिकार हनन भएको छ भने विश्वमै स्थापित उपभोक्ताको सर्वप्रिय ब्राण्ड वाइवाइमाथि अन्याय भएको छ।

wai wai.jpg

ठूला र स्थापित ब्राण्डका उत्पादनप्रति उपभोक्ताको विश्वास हुन्छ। उक्त विश्वास आर्जन गर्न कम्पनीले लामो सयम र ठूलो वित्तिय लगानी गरेका हुन्छन्। त्यसको दुरूपयोग गरेर नाफा कमाउने धुनमा डुब्लिकेटको बिगबिगी बढिरहेको छ। यस्तो प्रवृत्तिले स्थापित ब्राण्डलाई भने ठूलो नोक्सानी पुर्‍याउँछ। स्थापित ब्राण्डको नक्कल गर्नेहरुको केही दिनमै उपभोक्तालाई भ्रममा पारेर मुनाफा कमाउने र वास्तविकता खुलेपछि उत्पादन बन्द गरिदिने प्रवृत्ति देखिएको छ।

पछिल्लो समयमा नेपालीबजारमापनिस्थापितभइसकेका ब्राण्डको दुरुस्त हुने गरी ट्रेडमार्कको नक्कलगर्ने प्रवृत्ति मौलाउँदै गएको छ। स्थापित वस्तुहरुको ट्रेडमार्क हुबहु प्रयोग गर्ने र प्याकेजिङ उस्तै देखिनेगरि कम लागतमा धेरै मुनाफा आर्जन गर्ने प्रवृत्ति बढेको छ। यस्तो प्रवृत्तिलाई बौद्धिक सम्पत्ति संरक्षणका विज्ञहरूले अर्काको बौद्धिक सम्पत्ति दुरुपयोग गरेर खान पल्केको समूहकारुपमा टिप्पणी गर्दै आएका छन्। 


प्रकाशित : सोमबार, जेठ २२ २०८०११:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend