मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

राष्ट्र बैंकले थाल्यो मौद्रिक नीतिको तयारी, असार १० गतेभित्र सुझाव पठाउन आग्रह

सोमबार, जेठ २२ २०८०
राष्ट्र बैंकले थाल्यो मौद्रिक नीतिको तयारी, असार १० गतेभित्र सुझाव पठाउन आग्रह

काठमाडौं- नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तयारीको गृहकार्यमा जुटेको छ। सरकारले गत जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक गरेपछि राष्ट्र बैंकले पनि मौद्रिक नीतिको तयारी थालेको हो।

बजेटमार्फत सरकारले लिएको नीतिलाई अगाडि बढाउन मौद्रिक पक्षबाट सहयोग गर्ने काम मौद्रिक नीतिले गर्छ। सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य राखेको छ। यसका लागि आवश्यक सहयोग मौद्रिक पक्षबाट राष्ट्र बैंकले गर्नुपर्छ।

राष्ट्र बैंकले मौद्रिक नीतिका लागि आमसर्वसाधारण तथा सरोकारवालासँग सुझाव संकलन गर्न थालेको छ। उसले असार १० गतेभित्र आफ्नो सुझाव उपलब्ध गराउन आह्वान गरेको छ। सुझावहरु आर्थिक अनुसन्धान विभागमा पठाउनुपर्ने हुन्छ।

राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्नेसम्बन्धी एक कार्यविधि बनाएको छ। त्यसअनुसार साउन ७ गतेभित्र उसले मौद्रिक नीति ल्याउनुपर्ने हुन्छ।

Monetary-Policy-suggestion-Notice-768x768.jpg


प्रकाशित : सोमबार, जेठ २२ २०८०१०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend