मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

सेयर बजारमा दोहोरो अंकको गिरावट, झन्डै दुई अर्बको कारोबार

सोमबार, जेठ २२ २०८०
सेयर बजारमा दोहोरो अंकको गिरावट, झन्डै दुई अर्बको कारोबार

सोमबार १७.३८ अंकले घटेर १९०१.९९ बिन्दुमा पुगेको बजारमा एक अर्ब ९७ करोड ३४ लाख ९१ हजार रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- साताको पहिलो कारोबारमा ५३ अंकले बढेको सेयर बजारमा दोस्रो दिन पुन: गिरावट आएको छ। 

सोमबार १७.३८ अंकले घटेर १९०१.९९ बिन्दुमा पुगेको बजारमा एक अर्ब ९७ करोड ३४ लाख ९१ हजार रूपैयाँको कारोबार भएको छ। ४६ कम्पनीको सेयर मूल्य बढ्दा १६६ कम्पनीको घटेको छ भने ८ कम्पनीको स्थिर रह्यो। 

आइतबार ५३.३० अंकले बढेर बजार १९१९.३७ बिन्दुमा पुग्दा १ अर्ब ६५ करोड ६३ लाख रूपैयाँको कारोबार भएको थियो। 

सेयर लगानीकर्तालाई ५ र ७.५ प्रतिशत अन्तिम कर र व्यावसायिक प्रयोजनका लागि कानूनअनुसार कर लाग्ने भन्दै अर्थ मन्त्रालयले नै स्पष्ट पारेसँगै आइतबारको सेयर बजारमा उछाल देखिए पनि सोमबार अपेक्षाकृत कारोबार हुन सकेन। 

सरकारले बजेटमार्फत पेसा व्यवसाय बनाएर सेयर कारोबार गर्नेहरूको आम्दानीमा कर लगाउने व्यवस्था गरेको भन्दै संगठित लगानीकर्ताहरूले विरोध गरिरहेका थिए। लगानीकर्ताले सरकारविरुद्धको आन्दोलन सुरू गर्दै आइतबार केहीबेर सेयर कारोबार गर्ने प्रणालीसमेत बन्द गराएका थिए। सो दिन नै आन्दोलनरत संगठित लगानीकर्तासँग छलफल गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले नै सेयरको कर सम्बन्धमा प्रष्ट पारेपछि उक्लिएको बजार सोमबार पुन: ओरालो लागेको हो। 

बजेटपछि सुधारतर्फ लाग्ने अपेक्षा गरिए पनि बजेटले सेयर बजारको समस्यालाई बजेटले सम्बोधन गर्न नसक्दा बजारमा गिरावट देखिएको हो। सरकारको अपेक्षित साथ नपाउँदा बजारमा निरन्तर उतारचढाव देखिएको छ। 


प्रकाशित : सोमबार, जेठ २२ २०८००९:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend