मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

नबिल बैंकले ल्यायो ‘नबिल दिगो घर कर्जा’ योजना

आइतबार, जेठ २१ २०८०
नबिल बैंकले ल्यायो ‘नबिल दिगो घर कर्जा’ योजना

यस स्किम अन्तर्गत ग्राहकले १ वर्षलाई दुई लाखसम्मको निशुल्क क्रेडिट कार्ड पनि उपलब्ध हुने बैंकले जनाएको छ। कर्जालाई ग्राहकले सरल मासिक किस्तामा अधिकतम २० वर्षसम्ममा चुक्ता गर्न सक्नेछन्।

काठमाडौं- नबिल बैंक लिमिटेडले दिगो घर कर्जा योजना सार्वजनिक गरेको छ। विश्व  वातावरण दिवस जुन ५ को पूर्वसन्ध्यामा दिगो घर कर्जा योजना ल्याएको हो।

आइतबार केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच नबिल बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले उक्त कर्जा योजनाको सुरु गरेका थिए। उनले नबिल बैंकले दिगो बैंकिङको अवधारणामा काम गर्दै आएको र यस कर्जाले दिगो विकासमा सर्वसाधारणको पहुँच पुर्‍याउने बताए। 

सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले नबिल बैकले दिगो बैंकिङ क्षेत्रमा गरेका विभिन्न कार्यहरूको बारेमा जानकारी गराएका थिए। साथै बैकका वरिष्ठ नायब कार्यकारी अधिकृत सुजितकुमार शाक्यले नबिल दिगो घर कर्जा एउटा सुरुवाती प्रयास भएपनि यसले समाजमा पार्ने सकारात्मक असर तथा महत्वका बारेमा आफ्नो धारण राखेका थिए। 

उनले नबिलले ल्याएको यस कर्जाले सहुलियत दरमा कर्जा प्रवाह गरी यसले दिगो विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरेका थिए। कार्यक्रममा वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज दाहाल तथा 
स्मार्ट पानीका सहसंस्थापक सुमन शाक्यको उपस्थिती रहेको थियो। 

नबिल दिगो घर कर्जा वातावरणमैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरी घर निर्माण गर्न चाहने ग्राहकहरूलाई लक्षित गरिएको छ। यस स्किमले देशको आवास निर्माण क्षेत्र भित्र वातावरण मैत्री र सामाजिक रूपमा जिम्मेवार अभ्यासहरू प्रबर्द्धन गर्ने विश्वास बैंकले लिएको  विज्ञप्तीमा उल्लखे छ।

दिगो आवासमा लगानी गर्न चाहने ग्राहकहरूलाई सस्तो ब्याजदर र सेवा शुल्कमा कर्जा प्रवाह गरी यस योजनाले समाजमा वातावरण मैत्री  अभ्यासहरू अपनाउन प्रोत्साहन गर्ने बैंकले जनाएको छ।
 
वातावरणमैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरेर घर निर्माण गर्न चाहने बैंकको भनाइ छ। यस योजना अन्तर्गत आवास कर्जा लिन सक्ने  बैंकले सुरुवात गरेको नबिल दिगो घर कर्जा ग्राहकहरुले बैंकको आधार दरमा मात्र १ प्रतिशत प्रिमियम थपेर प्राप्त गर्न सक्नेछन भने स्थिर ब्याजदर चाहने ग्राहकहरुले सात वर्षको लागि वार्षिक १०.४९ प्रतिशतमा नै प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।

सात वर्षभन्दा बढी अवधि भएको स्थिर ब्याजदर चाहने ग्राहकहरुले सात वर्षको लागि वार्षिक १०.४९ प्रतिशत र सात वर्षपछि बाँकी अवधिमा सात वर्ष पश्चात्को आधार दरमा १ दशमलब ५ प्रतिशत जोडि हुने व्याजदरमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। 

यस स्किम अन्तर्गत ग्राहकले १ वर्षलाई दुई लाखसम्मको निशुल्क क्रेडिट कार्ड पनि उपलब्ध हुने बैंकले जनाएको छ। कर्जालाई ग्राहकले सरल मासिक किस्तामा अधिकतम २० वर्षसम्ममा चुक्ता गर्न सक्नेछन्। यो कर्जा योजना बैंकको कुनै पनि शाखाबाट प्राप्त गर्न सकिने छ। यो कर्जा प्राप्त गर्नका लागि ग्राहकले निर्माण हुन गई रहेको घरको हकमा घरको नक्सा पास पेस गर्नुपर्ने  बैंकले जारी गरेको विज्ञप्तिमा उल्लखे छ।

नक्सामा वर्षाको पानी संकलन र संरक्षण गर्ने प्रविधि, फोहर व्यवस्थापन गर्ने प्रविधि तथा किफायती ऊर्जा सामाग्रीहरू जस्तै सीएफएल, एलइडी लाइटहरूको प्रयोग, सोलार प्रविधिबाट पानी तताउने र किफायती बिजुलीको प्रयोग गरी खाना पकाउने प्रविधि जस्तै इन्डक्सन कुकिङ आदि प्रविधिहरू समावेश भएको हुनु पर्ने  उल्लेख छ। 
 
यो कर्जा वातावरण मैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरेर नयाँ घर निर्माण गर्न वा निर्माण भइसकेको घर खरिद गर्न, अन्य वित्तीय संस्थाबाट कर्जा लिइ वातावरण मैत्री तथा किफायती ऊर्जा सामाग्रीहरू प्रयोग गरी निर्माण भइसकेको घरको कर्जा स्वाप गर्न तथा यस बैंक बाट घर कर्जा उपयोग गरिरहेका ग्राहकहरूले निर्माण भइ सकेको घरमा वातावरणमैत्री तथा किफायती ऊर्जा प्रविधि जडान गरी घरको मर्मत सम्भार गर्न थप कर्जा चाहिएमा प्राप्त गर्न सक्ने बैंकको भनाइ छ। न्यूनतम कर्जा सीमा रु सात लाख र अधिकतम सीमा  पाँच करोड हुनेछ।


प्रकाशित : आइतबार, जेठ २१ २०८०१३:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend