मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

सेयर बजारमा ५ र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर : अर्थ मन्त्रालय

आइतबार, जेठ २१ २०८०
सेयर बजारमा ५ र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर : अर्थ मन्त्रालय

प्राकृतिक व्यक्तिलाई ५ र साढे ७ अन्तिम कर, व्यावसायिक प्रयोजनका लागि कानूनअनुसार कर लाग्ने विज्ञप्तिमा उल्लेख छ। 

काठमाडौं- अर्थ मन्त्रालयले सेयर लगानीकर्तालाई ५ र ७.५ प्रतिशत अन्तिम कर र व्यावसायिक प्रयोजनका लागि कानूनअनुसार कर लाग्ने स्पष्ट पारेको छ।

आइतबार अर्थ मन्त्रालय अन्तर्गतको राजश्व विभागले एक विज्ञप्ति जारी गर्दै थप कर लगाइएको विषय हल्ला मात्रै भएको समेत जनाएको छ। प्राकृतिक व्यक्तिलाई ५ र साढे ७ अन्तिम कर, व्यावसायिक प्रयोजनका लागि कानूनअनुसार कर लाग्ने विज्ञप्तिमा उल्लेख छ। 

लगानीकर्ताका संघ संगठनहरुले सेयर बजारमा लाग्ने सबैखाले कर अन्तिम हुनुपर्ने माग गर्दै आएका छन्। मन्त्रालयले विज्ञप्ति जारी गर्दै ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुने स्पष्ट पारेको हो। 

लगानीकर्तासँगको छलफलमा अर्थमन्त्री डा. प्रकाशशरण महतले थप कर लगाउने गरी आर्थिक ऐनमा कुनै व्यवस्था नगरिएको बताएका छन्। अर्थ मन्त्रालय पुगेका सेयर लगानीकर्तासँगको छलफलमा मन्त्री महतले सरकारले थप कर लगाउने कुनै योजना नरहेको भन्दै चिन्तित नहुने आग्रह गरेका छन्। सरकारले सेयर बजारलाई निरुत्साहित गर्ने कुनै सोच नबनाएको उनको भनाइ छ।


प्रकाशित : आइतबार, जेठ २१ २०८००६:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend