काठमाडौं- खुकुरी रमले आफ्नो प्याकेजिङ (प्याक) परिवर्तनको निर्णय गरेको छ।
रमको प्याकेजिङ तथा बोटलको लुक्स निकै आकर्षक बनाईएको कम्पनीले जनाएको छ। नयाँ प्याकेजिङसहितको खुकुरी रम तिहार र छठपछि बजारमा ल्याइने जनाएको छ।
हाल नेपालबाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको खुकुरी रमको प्याकेजिङ स्थानीय र अन्तराष्ट्रिय बजारमा एकैसाथ परिवर्तन हुन लागेको हो। नेपालमा डिस्टीलरिजले उत्पादन गर्दै आएको छ।