बिहीबार , वैशाख १३ गते २०८१    
images
images

विद्युतीय कारमा प्रयोग हुने एलएफपी ब्याट्रीका ४ फाइदा

images
images
images
विद्युतीय कारमा प्रयोग हुने एलएफपी ब्याट्रीका ४ फाइदा

एलएफपी ब्याट्रीको बजार हिस्सा पनि पछिल्लो दशकमा बढ्दो क्रममा रहेको छ। २०२२ मा विश्वभर उत्पादित विद्युतीय कारमा प्रयोग भएको ब्याट्री मध्ये ३० प्रतिशत हिस्सा एलएफपी ब्याट्रीको छ।

images
images

काठमाडौं- विद्युतीय सवारीको सबैभन्दा महत्वपूर्ण पक्ष ब्याट्री हो। ब्याट्रीको लागतकै कार विद्युतीय कार महँगो पर्ने गरेको छ। पछिल्लो एक दशकमा विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्रीको प्रविधिमा गुणात्मक परिवर्तन भइसकेको छ। 

images
images
images

विद्युतीय सवारीको ब्याट्री निक्कै संवेदनशिल पाटोका रुपमा रहने गरेको छ। ब्याट्रीका केही प्रविधि मध्येृ एलएफपी (लिथियम आइरन फोसफेट) सबैभन्दा चल्तीको प्रविधि हो। धेरै जसो विद्युतीय कार उत्पादकको रोजाइमा एलएफपी ब्याट्री नै पर्ने गरेको छ। 

images

स्ट्यान्डर्ड रेन्जसहितको विद्युतीय कारका लागि पनि एलएफपी ब्याट्री उल्लेख्य रोजाइमा रहेको छ। टेस्ला, फोर्डलगायत ठूला विद्युतीय कार उत्पादकहरुले एलएफपी ब्याट्री नै प्रयोग गरेर कार उत्पादन गरिरहेका छन्। 

images

एलएफपी ब्याट्रीका धेरै फाइदाहरु रहेका छन्। यहाँ भिजुअल क्यापिटालिस्टले एलएफपी ब्याट्रीको महत्वपूर्ण ४ वटा फाइदाका बारेमा उल्लेख गरेको छ। यी हुन् एलएफपी ब्याट्रीका फाइदाहरु :

images
images

Cylindrical-LFP-battery.png

१. सुरक्षा 

लिथियम आयन ब्याट्रीहरु मध्ये एलएफपी ब्याट्रीलाई निक्कै सुरक्षित मानिन्छ। सुरक्षित मानिनुको मुख्य कारण एलएफपी ब्याट्री धेरै तात्ने सम्भावना न्यून हुन्छ। जसका कारण आगलामी हुने जोघिक कम हुन्छ। त्यस्तै यो ब्याट्री यसरी बनेको हुन्छ जसले आग्लागी भइहाले पनि आफैबाट अक्सिजन रिलिज गर्दैन। त्यसैले अन्य लिथियम आयन ब्याट्री भन्दा एलएफपी ब्याट्री सुरक्षित हुन्छ। 

२. लामो लाइफ साइकल

अन्य लिथियम आयन ब्याट्रीको तुलनामा एलएफपी ब्याट्रीको लाइफ साइकल अर्थात आयु धेरै हुन्छ। यो हुनुको मुख्य कारण एलएफपी ब्याट्रीको गिरावट दर न्यून हुन्छ। एलएफपी ब्याट्री तात्वीक क्षति नभइकनै तीब्र गतिमा चार्ज हुनसक्छ भने चार्ज भएर स्टोर भएको उर्जालाई सन्तुलित रुपमा निस्चार्ज गर्न सक्छ। त्यस्तै एलइफपी ब्याट्रीसँग अत्याधिक संख्यामा चार्ज वा डिसचार्ज गराउने क्षमता छ। यो भनेको एलएफपी ब्याट्री फेरिहाल्नु पर्ने झन्झट पर्दैन, यसको आयु धेरै हुन्छ। 

३. कस्ट-इफेक्सटिभ

अन्य ब्याट्रीको तुलनामा एलएफपी ब्याट्रीको उत्पादन लागत सस्तो रहेको छ। एलएफपी ब्याट्री उत्पादनमा प्रयोग हुने पदार्थहरु तुलनात्मक रुपमा कम मूल्यका छन्। 

एलएफपी ब्याट्रीमा प्रयोग हुने मुख्य क्याथोड आइरन र फोसफेट हो। ब्याट्री प्रयोग हुने अन्य पदार्थको तुलनामा आइरन र फोसफेसको उत्खनन्देखिकै लागत कम रहेको छ। यसले गर्दा तुलनात्कम रुपमा उर्जा संचय गर्न बनाइने विभिन्न एप्लिकेसनहरु कम लागतमा बन्ने गर्छन्। 

४. वातावरणीय रुपमा दीर्घकालिन

एलएफपी ब्याट्रीहरु वातावरणीय रुपमा दीर्घकालिक हुन्छन् किने भने ती नन-टक्सिक हुन्छन्। त्यसैगरि अलि बढी हानिकारक कोबल्ट वा निक्लजस्ता पदार्थहरु एलएफपी ब्याट्रीमा समावेश गरिएको हुँदैन। एलएफपी ब्याट्रीमा प्रयोग गरिने पदार्थहरु सहजै वैधानिक रुपमा पाइन्छन्। यो भनेको अन्य लिथियम आयन ब्याट्रीको तुलनामा एलएफपी ब्याट्री वातावरणीय हिसाबले बढी दीर्घकालिक हुन्छन्। 

Cylindrical-LFP-battery.png

एलएफपी ब्याट्री भित्र के हुन्छ?

सबैजसो विद्युतीय कारमा प्रयोग हुने ब्याट्रीहरुमा धेरैवटा ब्याट्री सेलहरु समावेश गरिएको हुन्छ। अन्य लिथियम आयन ब्याट्रीमा जस्तै एलएफपी ब्याट्रीमा विभिन्न तत्वहरुको मिश्रणबाट सेल बनाइन्छ। एलएफपी ब्याट्रीमा क्याथोड ४३ प्रतिशत, एनोड ३१ प्रतिशत, इलेक्ट्रिोलाइट २० प्रतिशत, सेल कन्टेनर ४ प्रतिशत र सेपरेटर २ प्रतिशत प्रयोग गरिएको हुन्छ। 

क्याथोड ब्याट्रीको यस्तो सकारात्मक इलेक्ट्रिोड हो जसले पर्फमेन्स बढाउन सहयोग पुग्छ। यसले ब्याट्रीमा उर्जा संचय बढाउन, चार्जिङ र डिसचार्जिङ स्पीड तथा जोखिमको रिक्स घटाउँछ। 

एलएफपी ब्याट्रीमा क्याथोड कम्पोजिसनमा तीन महत्वपूर्ण तत्वहरु हुन्छन्। त्यसमध्ये फोसफेट ६१ प्रतिशत, आइरन ३५ प्रतिशत र लिथियम ४ प्रतिशत रहेको हुन्छ। 

त्यसैले पछिल्लो समय एलएफपी ब्याट्रीको प्रयोग स्ट्यान्डर्ड रेन्जसहितको विद्युतीय कारमा उल्लेख्य रुपमा बढेको छ। एलएफपी ब्याट्रीको बजार हिस्सा पनि पछिल्लो दशकमा बढ्दो क्रममा रहेको छ। २०२२ मा विश्वभर उत्पादित विद्युतीय कारमा प्रयोग भएको ब्याट्री मध्ये ३० प्रतिशत हिस्सा एलएफपी ब्याट्रीको रहेको इन्टरनेसनल इनर्जी एजेन्सी (आईईए)ले जनाएको छ। 

images

प्रकाशित : सोमबार, जेठ २२ २०८००४:०८

प्रतिक्रिया दिनुहोस