शनिबार, साउन १२ गते २०८१    
images
images
images

आम्दानीको मुख्य स्रोत नै ‘बाख्रा’

images
शनिबार, जेठ २० २०८०
images
images
आम्दानीको मुख्य स्रोत नै ‘बाख्रा’

प्रत्येक परिवारले वर्षमा एक लाखदेखि तीन लाख रूपैयाँसम्म बाख्रा बेचेर आम्दानी लिने गरेका छन्। 

images

कञ्चनपुर- यहाँको शुक्लाफाँटा नगरपालिका-८ धारापानीका बासिन्दाले बाख्रापालन गरी जीविका चलाउँदै आएका छन्। परम्परागत रुपमा बाख्रापालन गरी स्थानीय बासिन्दाले घरायसी खर्च चलाउने गरेका छन्। २२ परिवारको बसोबास रहेको धारापानीमा मुख्य आयको स्रोतका रुपमा बाख्रपालन रहेको छ।

images
images

अधिकांश परिवारले १० देखि ५० वटासम्म बाख्रापालन गरेका छन्। बाख्रापालनबाट आएको रकमले घरायसी खर्च, बालबालिकाको विद्यालयको खर्च चलाउने गरेको बाख्रापालन गर्दै आएका जयलाल धामीले बताए केहीले बाख्राको आम्दानीबाट गाउँमै पसल थापेका भन्दै चुरे क्षेत्रको वनमा पर्याप्त चरन क्षेत्र भएकाले बाख्रापालन गर्न सहज भएको उनको भनाइ थियो।

images

'गाउँमा बसोबास गर्दै आएका बासिन्दाको घरबासका लागि मात्रै जग्गा रहेको छ', धामीले भने, 'जीविका चलाउनका लागि बाख्रपालन गर्दै आएका छौँ, परिवारका एक जनाले दैनिक बाख्रा चराउन जाने र खोरमा ल्याएर बाध्ने कार्यमा व्यस्त हुनुपर्छ।' उनका अनुसार खसीबोका पिकनिक मनाउन आउनेले समेत खरिद गरेर लैजाने गर्दछन्।

अधिकांश खसी, बोका, बाख्रा काठमाडौंका व्यापारी गाउँमै पुगेर खरिद गरेर लैजाने गरेको मोहन सिंह धामीले बताए। उनका अनुसार प्रत्येक परिवारले वर्षमा एक लाखदेखि तीन लाख रूपैयाँसम्म बाख्रा बेचेर आम्दानी लिने गरेका छन्।

images

बाख्रा बिक्री गरेर आएको दुई लाख रूपैयाँ रकम खर्च गरी छोरालाई वैदेशिक रोजगारीमा पठाएको स्थानीय साइमले धामीले बताए। 'बाख्रा बेचेको पैसा खर्च गरी छोरालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाएको छु', उनले भने, 'छोराले मासिक रुपमा ७० हजार रूपैयाँ कमाउने गरेको छ।'

पहाडमा रहेको जग्गा पहिराले लगेपछि तीन दशकअघि धारापानीमा बसेको स्मरण गर्दै साइमले बाख्रापालन गर्न थालेपछि परिवारको खर्च चल्दै आएको बताए। साइमले बाख्रापालनको कमाईले घरमै किराना पसल र चिया नास्ताको पसल थापेका छन्। उनका अनुसार यहाँका स्थानीयले बाख्रापालन गरेर अधिकांशले घरघडेरी जोडेका छन्।

बालबालिकालाई निजी विद्यालयमा छात्रावासमा राखेर पढाउन सिकएको रायभान ठगुन्नाले बताए। 'बस्दै आएको जग्गामा लगाएको अन्नले तीन महिना सम्मका लागि खान पुग्दैन', उनले भने, 'बाख्रापालन गरी आएको रकमले अन्न खरिद गरी वर्षभरिको जोहो गर्दै आएका छौँ, लत्ताकपडा सबै बाख्रापालनको कमाईले खरिद गरेर लगाउने गरेका छौँ।'

धारापानीका बासिन्दाको आयको स्रोत नै बाख्रापालन भएको ठगुन्नाको भनाइ छ। बाख्रापालन परम्परागत तरिकाले गर्दै आएकाले आधुनिक तरिकाले बाख्रापालनका लागि तालिमको आवश्यकता भएको उनले बताए।

उन्नत जातका बाख्रापालन गर्नका लागि अनुदानको व्यवस्थाका लागि वडा कार्यालयमार्फत नगरपालिकालाई अनुरोध गरेको ठगुन्नाले उल्लेख गरे। 'रोग-व्याधि आए गोठ नै रित्तो हुने गरेको छ', उनले भने, 'त्यसको रोकथामका लागि तालिमको आवश्यकता छ।'

चितुवालगायत हिंस्रक जनावरबाट बाख्रा जोगाउन भने चुरे फेदीको धारापानीका बासिन्दालाई हम्मेहम्मे छ। खोरमै पसेर चितुवाले बाख्रा मार्ने र खाने गरेको स्थानीय बासिन्दाको भनाइ छ। रासस


प्रकाशित : शनिबार, जेठ २० २०८००९:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend