शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

इतिहास छोपिरहेको निर्लज्ज वर्तमान

images
images
इतिहास छोपिरहेको निर्लज्ज वर्तमान

उपत्यकामा सरकारी कार्यालय रहेका हेर्नलायक भवन इतिहासकै देन हो। त्यसमा बागदरबारदेखि सिंहदरबार हुँदै शीतलनिवाससम्मले इतिहास पढाउने पाटोसँगै वर्तमानको कमजोरी देखाइरहेकै छ। 

images
images

काठमाडौं- नेपालमा नामेट भएर गएका सम्पदाको सूची लामो छ। इतिहासले छाडेका पुरातात्विक महत्वका सम्पदाहरू ध्वस्त बनिरहँदा पनि लोकतान्त्रिक गणतन्त्रात्मक नेपालले खास ध्यान दिएको देखिँदैन। सुरक्षित राखिनुपर्ने इतिहास शासन व्यवस्था फेरिँदै जाँदा लोप हुँदै गइरहेका छन्।    

images
images
images

यस्तोमा १०४ वर्षसम्म शासन गरेका राणाहरूले निर्माण गरेका भवनहरूको स्थिति पनि दु:खद छ। एकथरी इतिहासले ‘राणा शासकले आफ्नो प्रभुत्व देखाउन बनाएका’ भनिए पनि आधुनिक नेपालमा ती भवनको पुरातात्विक महत्व अथाह छन्। त्यस्ता कतिपय भवनहरू राणा शासनको पतनपछि सरकारी कार्यालय र सरकारी भवनहरूमा परिणत गरिए। कतिपय स्वामित्वमा रहेकाबाट नै ध्वस्त पारिए भने कतिपय पुस्तकालय, संग्रहालय, होटल र सम्पदा परिसरमा फेरिए।  

images

निर्माणको समय जुनसुकै सोच र प्रयोगका लागि बनाइएका भए पनि नवशास्त्रीय वास्तुकलामा युरोपेली शैली झल्काइएका त्यस्ता सेता भवनहरू पुस्तौँसम्म गर्व गर्नलायक सम्पदा भएकोमा दुविधा छैन। परम्परागत शैलीमा डेसी छापावाल इँटा साथै कालो मासको दाल, गुड, इँटको धुलो र चुनको मिश्रणमा बज्रको प्रयोग अनि मुख्य स्तम्भहरूमा बलियो काठसहित बीचमा आँगन। 

images
harihar bhawan (1).jpg

दुरुस्त उही शैलीमा इतिहास बोकेर ललितपुर पुल्चोकमा बसिरहेको सम्पदा ‘हरिहरभवन’ अहिले निमिट्यान्न हुने खतरामा छ। वास्तुकार कुमार नरसिंह राणा र किशोर नरसिंह राणामार्फत चन्द्र शमशेर जबराले विसं १९८२ मा हरिहरभवन निर्माण गरेका थिए। 

images
images

हरिहरभवनसँगै यसैको कथासँग मिल्दो श्रीदरबार र श्रीमहलको पनि अस्तित्व हराएका छन्। त्यसमध्ये श्रीमहल पुरानै शैलीमा पुनर्निर्माण गर्नेगरी ठेक्कालगायतका काम अघि बढेको छ। यी दुई भवन हरिहरभवनभन्दा अघि सन् १९७८ मा चन्द्रशमशेरले नै बनाएका हुन्। मदन पुरस्कार पुस्तकालयमा रहेको यसको प्रमाणअनुसार यी दुई भवनमा ७ लाख ५० हजार र ६ लाख १२ हजार रूपैयाँ खर्च भएको थियो। श्रीमहल र श्रीदरबारको बीचमा पुलखण्ड जोडेर एकै बनाएको उक्त भवनमा पनि मुक्तिसेनाको हेडक्वार्टरदेखि पुलिस प्रभाग हुँदै कृषि विभागसम्म पुग्यो। 

harihar bhawan (2).jpg

चन्द्र शमशेरले ती भवन पनि बालकुमारी देवी र उनैतर्फका जेठा छोरा विष्णुशमशेरका लागि भनेर निर्माण गराएका थिए। ‘श्रीदरबार पछि उनका कान्छा छोरा मदनशमशेरको हुनपुगेको थियो। २०१० सालमा मदनशमशेरको काशीमा स्वर्गवास भएपछि श्री दरबार र श्रीमहल तथा हरिहरभवनको बीचमा रहेको मदनशमशेरको अंशमा परेको जग्गा उनकी रानी जगदम्बाको नाममा पुगेको थियो। २०१४ सालमा जगदम्बाले विष्णुशमशेरको अंशमा रहेको श्रीमहलको पश्चिम भागसमेत किनेपछि पाटनढोकादेखि हरिहरभवनसम्मको पाँचसय चानचुन रोपनी घरजग्गा उनको भयो।' (कमलमणी दीक्षित; सम्पदा हराएर, भवदीय फलानो)  

हरिहरभवन भने चन्द्रशमशेरले रानी बालकुमारी देवीतर्फका छोरा शंकरशमशेरलाई दिएका थिए। शंकरशमशेरलाई ‘ज्ञानी हजुर’ पनि भनिन्थ्यो। विस १९८६ मा चन्द्रशमशेरको मृत्युपछि शंकरशमशेर सिंहदरबारबाट हरिहरभवन सरेका थिए। शंकरशमशेरलाई २००५ सालमा तत्कालीन राणा प्रधानमन्त्री मोहनशमशेरले हजुरियामा नियुक्ति गरे। २००६ सालमा बेलायतको राजदूत बनाइएका शंकरशमशेर २००९ सालमा राजदूतबाट हटाइएपछि पनि बेलायत नै बसे।  

harihar bhawan (6).jpg

२०२३ सालमा हरिहर भवनसहित शंकरशमशेरको सम्पूर्ण सम्पत्ति सरकारले राष्ट्रियकरण गर्‍यो। जसमा पछिल्लो समय कर्मचारी किताबखाना, राष्ट्रिय पुस्तकालय र राष्ट्रिय मानव अधिकार आयोग २०७२ सालको भूकम्पअघिसम्म त्यहिँबाट सञ्चालन भइरहेका थिए। भूकम्पमा क्षतिग्रस्त भएको भवनमा रातो स्टिकर टाँसिएपछि त्यहाँ रहेका कार्यालय खाली गराइएका थिए।

भूकम्पका कारण क्षतिग्रस्त हरिहरभवनमा हाल बरपिपल, सिस्नु, सहरालगायत अन्य धेरै बिरुवा र घाँसपातले भरिएको छ। राष्ट्रिय निजामती किताबखाना र राष्ट्रिय मानवअधिकार आयोगले आफ्ना केही कामकाज हाल हरिहरभवनकै परिसरमा टिनको प्रिफ्याब टहरामा गरिरहेका छन्। 

harihar bhawan (14).jpg

राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेल भवन निर्माणको काम नहुँदा आफूहरूको काममा समस्या परिरहेको बताउँछन्। ‘भूकम्पले भवन क्षतिग्रस्त भएपछि हामीले कार्यालयको सामान निकालेर टिनको टहरामा राख्यौँ। त्यसको केही वर्षपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले हरिहर भवनको परिसरमा रहेको टिनको टहराबाट पनि हामीलाई हट्न पटक-पटक पत्रचार गर्‍यो। तर भवन निमार्णका लागि अहिलेसम्म पहल भएको छैन।'

राष्ट्रिय मानवअधिकार आयोगले अहिले हरिहर भवननजिकै वार्षिक १ करोड ९३ लाख ५५ हजार ७ सय ६० रूपैयाँमा कार्यालय भाडामा राखेको छ। ‘हामीले यति ठूलो रकम भाडामा खर्च गरेका छौँ। भाडा तिर्ने रकमले नागरिकको अधिकारका लागि काम गर्न पाएको भए हुन्थ्यो। हामीले भवन निमार्णका लागि भूकम्पपछिका सबै सरकारसमक्ष ज्ञापनपत्र बुझायौँ तर आश्वासनमा मात्र समय बित्यो’ प्रवक्ता पोखरेलले भने। 

harihar bhawan (7).jpg

राष्ट्रिय निजामती किताबखानाका केही काम पनि टिनको प्रिफ्याब टहरामा हुन्छन्। किताबखाना पनि हरिहरभवन निमार्णको प्रतिक्षामा छ। राष्ट्रिय पुस्तकालय भने अहिले त्यहाँ छैन। 

२०७२ सालको भूकम्पपछि सम्पदातर्फ ९ सय २० वटाको पुनर्निर्माण गर्नुपर्नेमा झण्डै दुईसय सम्पदाका काम बाँकी नै रहेको छ। भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्धारित समय र अतिरिक्त थप गरेको समय सकिएर २०७८ पुसमा नै खारेज भइसकेको छ। अहिले पुरातत्व विभागले सम्पदा पुनर्निर्माणमा अझै ३ वर्ष लाग्ने र २ अर्ब रूपैयाँभन्दा बढी खर्च हुने अनुमान गरेको छ। त्यसमा  पुनर्निर्माण प्राधिकरणले प्रत्यक्ष हेरिरहेको हरिहरभवनको काम सहरी विकास मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले हेरिरहेको छ।   

इतिहास बुझ्ने बलियो आधार बनिरहेका यस्ता भवनहरूले वर्तमान समयमा सरकारी कार्यालय र सरकारी निवासलगायतको आवश्यकता पूरा गर्दै आइरहेकै हो। उपत्यकामा सरकारी कार्यालय रहेका हेर्नलायक भवन इतिहासकै देन हो। त्यसमा बागदरबारदेखि सिंहदरबार हुँदै शीतलनिवाससम्मले इतिहास पढाउने पाटोसँगै वर्तमानको कमजोरी देखाइरहेकै छ। 

harihar bhawan (8).jpg
harihar bhawan (10).jpg
harihar bhawan (12).jpg
harihar bhawan (13).jpg
harihar bhawan (15).jpg

images

प्रकाशित : शनिबार, जेठ २० २०८००३:१५

प्रतिक्रिया दिनुहोस