मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

सुन चाँदीको भन्सार महसुल निर्धारण प्रणाली परिवर्तन, मूल्यको १५ प्रतिशत लाग्ने

शुक्रबार, जेठ १९ २०८०
सुन चाँदीको भन्सार महसुल निर्धारण प्रणाली परिवर्तन, मूल्यको १५ प्रतिशत लाग्ने

तौलमा लाग्दै आएको भन्सार महसुल प्रणाली परिवर्तन गर्दै अबदेखि मूल्यमा महसुल लाग्ने व्यवस्था गरेको छ। 

काठमाडौं- सरकारले सुन चाँदीको भन्सार महसुल निर्धारण प्रणालीमा परिवर्तन गरेको छ। आर्थिक विधेयकमार्फत प्रणाली परिवर्तन गर्ने व्यवस्था गरिएको छ।  

तौलमा लाग्दै आएको भन्सार महसुल प्रणाली परिवर्तन गर्दै अबदेखि मूल्यमा महसुल लाग्ने व्यवस्था गरेको छ। 

आर्थिक विधेयकमार्फत भन्सार महसुल निर्धारण प्रणालीमा परिवर्तनको प्रस्ताव गरिएको छ। प्रस्तावित नयाँ व्यवस्थाअनुसार अबदेखि सुनचाँदीमा मूल्यको १५ प्रतिशत भन्सार महसुल लाग्ने भएको छ। 

यसअघि सुनचाँदीमा प्रति १० ग्राममा महसुल निर्धारण हुन्थ्यो। यसअघि चाँदीमा प्रति १० ग्राम १०७ रुपैयाँ भन्सार महसुल लाग्ने व्यवस्था थियो। 

त्यस्तै सुनमा प्रति १० ग्राम ८ हजार ५ सय रुपैयाँ महसुल लाग्ने व्यवस्था थियो। सुन तथा चाँदीको जलप लगाइएका केही वस्तुबाहेक सुन र चाँदीमा तौलमा महसुल लाग्ने व्यवस्था रहेको थियो। 

तौलका आधारमा महसुल निर्धारण हुँदा सुनको मूल्य जतिसुकै बढेपनि राजस्वमा कुनै फेलबदल हुँदैन भने मूल्यमा महसुल लगाउँदा मूल्य बढ्दा महसुल बढ्ने र घट्दा घट्ने हुन्छ।


प्रकाशित : शुक्रबार, जेठ १९ २०८००४:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend