शुक्रबार, असोज १२ गते २०८०    

चुडामणी शर्माविरूद्ध राजस्व चुहावटको कसुर ठहर, गैरकानूनी सम्पत्ति आर्जनमा सफाइ

images
चुडामणी शर्माविरूद्ध राजस्व चुहावटको कसुर ठहर, गैरकानूनी सम्पत्ति आर्जनमा सफाइ

चुडामणीसहित उनकी श्रीमती कल्पना उप्रेतीविरूद्धको गैरकानूनी सम्पत्ति आर्जनमा भने अदालतले सफाइ दिएको छ। 

images

काठमाडौं- विशेष अदालतले कर फर्छ्यौट आयोग र आयोगका सदस्यसचिव भइ काम गरेका सहसचिव चुडामणी शर्मासहित तीनजना विरूद्ध राजस्व चुहावटको छुट्टाछुट्टै दुई मुद्दामा कसुर ठहर गरेको छ। उनीहरूविरुद्ध सजाय निर्धारण भने हुन बाँकी छ। 

images

चुडामणीसहित उनकी श्रीमती कल्पना उप्रेतीविरूद्धको गैरकानूनी सम्पत्ति आर्जनमा भने अदालतले सफाइ दिएको छ। 

images

न्यायाधीशहरू श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको संयुक्त इजलासले बिहीबार फैसला सुनाएको हो। 

images

अख्तियारले कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्यसचिव तथा आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणी शर्माविरुद्ध राजस्व निर्धारणमा अनियमितता गरेको भन्दै मुद्दा दायर गरेको थियो। अख्तियारले तीनै पदाधिकारीविरुद्ध २०७४ साउन १ गते १० अर्ब ९६ करोड रूपैयाँको बिगो मागदावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो। 

images

३० अर्ब ५२ करोड रूपैयाँको राजस्व फस्यौट गर्दा ९ अर्ब ५४ करोड रूपैयाँमात्रै राज्यकोषमा दाखिला भइ अरु रकम अनियमित ढंगले मिनाहा भएको घटना बाहिरिएसँगै अख्तियारले अनुसन्धान थालेको थियो। 

२०७८ साउन ९ गते दायर भएको राजस्व चुहावटको दोस्रो मुद्दामा १ अर्ब ३३ लाख २० हजार ३ सय ८५ रूपैयाँ बिगो मागदावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो। 

यस्तै शर्मा र उनकी श्रीमती कल्पना उप्रेतीविरूद्ध ४ करोड २९ लाख रूपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोग थियो। जसमा विशेष अदालतले सफाइ दिएको छ।  

images

प्रकाशित : बिहीबार , जेठ १८ २०८००५:३२

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ