शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

एक दशकमा पनि निर्माण सम्पन्न भएन बालाजु-त्रिशूली सडक

images
बिहीबार , जेठ १८ २०८०
images
एक दशकमा पनि निर्माण सम्पन्न भएन बालाजु-त्रिशूली सडक

अहिले सडक बिग्रिएको ठाउँमा काठमाडौंस्थित डिभिजन सडक कार्यालयले मर्मत गरिरहेको छ।

images
images

काठमाडौं- निर्माण सुरु भएको एक दशकसम्म पनि बालाजु-त्रिशूली सडक सम्पन्न भएको छैन। निर्माणाधीन बालाजु-त्रिशूली ५५ किमी र त्रिशूली-छहरे ११ किमी मध्ये बालाजु-त्रिशूलीअन्तर्गत साढे चार किमी मात्रै सडक निर्माण भएको छ।

images
images
images

लामो समयसम्म निर्माण व्यवसायीले काम नगर्दा अवरुद्ध सडकको ठेक्का गत वर्ष तोडिए पनि कानूनी अड्चनका कारण नयाँ ठेक्कामा जान नसक्दा निर्माण रोकिएको बालाजु-त्रिशूली-छहरे-बिदुरसडक योजनाका इन्जिनियर सागर भण्डारीले बताए। उनका अनुसार विसं २०७०/०७१ म निर्माण कम्पनीसँग सडक निर्माणका लागि ठेक्का सम्झौता भएको थियो।

images
images

बालाजुदेखि पिपलटारसम्मको सडक निर्माणको जिम्मेवारी आइपीएल र सैलुङ कन्स्ट्रक्सनलाई दिइएको थियो। पटक-पटक अवधि थप हुँदासमेत काम नभएपछि गतवर्ष ठेक्का तोडेको उनले बताए। उनले भने, 'अहिले हामी बाँकी खण्डमा ठेक्का व्यवस्थापनको प्रक्रियामा अगाडि बढाउन लागेका छौँ।'

images
images

मुड्खु-तिनपिप्ले खण्डमा कालोपत्र भएपछि अहिले तिनपिप्लेबाट रानीपौवा खण्डको निर्माण बाँकी रहेको योजनाले जनाएको छ। 'यसअघि काम गरेको निर्माण कम्पनीको मुद्दा चलिरहेको छ भने रानीपौवादेखि पिपलटारसम्म खण्डको पनि मुद्दा अदालतमा विचाराधीन छ', इन्जिनियर भण्डारीले भने।

वर्षाको समयमा आवागमनमा निकै सास्ती हुने गरेको स्थानीयको भनाइ छ। अहिले सडक बिग्रिएको ठाउँमा काठमाडौंस्थित डिभिजन सडक कार्यालयले मर्मत गरिरहेको छ।

इन्जिनियर भण्डारीले वर्षाको समयमा पनि आवागमन नरोकिने गरी मर्मत भइरहेको बताए। 'तीनपिप्लेबाट-रानीपौवा १२ दशमलव ५१ किमी र रानीपौवा-पिपलटार ३३ दशमवलव ६९ किमी गरेर झन्डै ५५ किमी लम्बाइ छ। बालाजु-त्रिशूली ५५ किमी र त्रिशूली-छहरे ११ किमी गरी यस यो योजनाले ६६ किमी सडक निर्माण गर्नुपर्ने छ', उनले भने। 


प्रकाशित : बिहीबार , जेठ १८ २०८०१०:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend