शनिबार, साउन १२ गते २०८१    
images
images
images

नेपालगञ्जको एकीकृत जाँचचौकीको उद्घाटन, भैरहवाको शिलान्यास

images
बिहीबार , जेठ १८ २०८०
images
images
नेपालगञ्जको एकीकृत जाँचचौकीको उद्घाटन, भैरहवाको शिलान्यास

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भैरहवामा निर्माण हुने एकीकृत जाँचचौकीकोसमेत शिलान्यास गरिएको छ।

images

नयाँदिल्ली- भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा नेपालगञ्जको रुपेडियामा निर्माण सम्पन्न भएको एकीकृत जाँचचौकीको उद्घाटन गरेका छन्।

images
images

भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसबाट उनीहरुले सो जाँचचौकीको उद्घाटन गरेका हुन्। सहजरुपमा व्यापार प्रवर्द्धनका लागि सो जाँचचौकी महत्वपूर्ण मानिएको छ। यस्तै, सोही अवसरमा भैरहवामा निर्माण हुने एकीकृत जाँचचौकीकोसमेत शिलान्यास गरिएको छ। नेपाल र भारतबीचको व्यापार प्रवर्द्धन तथा सहजीकरणका लागि त्यस्ता संरचना महत्वपूर्ण मानिएको छ। 

images

यसअघि विरानटगरमा त्यस्तै जाँचचौकी निर्माण सम्पन्न भई उद्घाटनसमेत भइसकेको छ। सवारी साधनको सहज पार्किङ, सामान आयात तथा निर्यातका लागि त्यस्ता संरचनाले महत्वपूर्ण सहयोग गर्नेछ। उद्योगी व्यवसायीले एकीकृत संरचनाको माग गर्दै आएका थिए।

यस्तै, बैतडीको झुलाघाट नाकामा दुई  पक्की पुल निर्माण हुने भएको छ। सो अवसरमा भारतीय प्रधानमन्त्री मोदीले  नेपाल र भारतका नागरिकको सहजताका लागि झुलाघाट नाकामा दुई पुल बनाउने जानकारी दिएका थिए। बैतडीवासीले भारत भ्रमणमा झुलाघाटमा मोटरेवल पुल निर्माणका लागि भारतसँग प्रधानमन्त्रीले छलफल गर्नुपर्ने माग गर्दै आएका थिए।

images

यो सहमतिले स्थानीयवासीलाई खुसी बनाउनेछ। झुलाघाटमा मोटरेवल पुल नहुँदा समस्या झेलिरहेकाले प्रधानमन्त्रीको भ्रमणमा क्रममा भएको यो घोषणा आफैमा महत्वपूर्ण छ। झुलाघाट नाकामा करिब दुई सयवर्ष अघि निर्माण भएको झोलुंगे पुलबाट आवतजावत हुँदै आएको छ। 

त्यस्तै, कञ्चनपुरको  दोधारा चाँदनी नगरपालिकामा भारतको सहयोगमा सुख्खा बन्दरगाह निर्माण हुने भएको छ। सो स्थानमा भारतको सहयोगमा सुख्खा बन्दरगाह निर्माण गर्ने विषयमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा सहमति भएको हो। 

पछिल्लो सम्झौताअनुसार सुक्खा बन्दरगाह भारतले निर्माण गर्नेछ। सम्झौतामा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। गत फागुन १ गते नै कञ्चनपुर पुगेका प्रधानमन्त्री प्रचण्डले सो सुक्खा बन्दरगाह निर्माणको काम सुरु हुने बताएका थिए।

बन्दरगाह निर्माणका लागि २०६४ सालमै प्रस्ताव गरिएको थियो। बन्दरगाह निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकनसमेत भइसकेको छ। रासस


प्रकाशित : बिहीबार , जेठ १८ २०८०१०:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend