आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

३ दिनको कारोबारमा १०९ अंकले घटेको सेयर बजारमा साताको अन्तिम कारोबार सकारात्मक

images
बिहीबार , जेठ १८ २०८०
images
३ दिनको कारोबारमा १०९ अंकले घटेको सेयर बजारमा साताको अन्तिम कारोबार सकारात्मक
images
images

काठमाडौं- यो साता तीन दिनको कारोबारमा १०९.३७ अंकले घटेको सेयर बजारमा साताको अन्तिम कारोबारमा सामान्य सुधार देखिएको छ। नयाँ आर्थिक वर्षका लागि सरकारले ल्याउने बजेटको पर्खाइमा रहेका लगानीकर्ता विश्वस्त हुन नसक्दा बजार लगातार ओरालोमा देखिएको थियो।

images
images
images

साताको अन्तिम कारोबारमा बिहीबार १६.५४ अंकले बढेर १८६६.३४ बिन्दुमा पुगेको छ। १७१ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ अर्ब ६५ करोड ४६ लाख रूपैयाँको कारोबार भएको छ। 

images
images

नीति तथा कार्यक्रममार्फत सरकारले पुँजी बजारको संरचनागत सुधार गर्ने घोषणा गरेको भए पनि बजेटपछि सरकारी सोच स्पष्ट नदेखिएको संगठित लगानीकर्ताहरूले बताउँदै आइरहेका छन्। 

images
images

यो साता आइतबार १७.३८ अंकले घटेर बजार १९४१.७४ बिन्दुमा झरेको थियो। सोमबार भएको बजेट भाषणपछि मंगलबारको कारोबार पनि ओरालोतिरै देखियो। मंगलबार ५३.१६ अंकले घटेको बजार बुधबार पनि ३८.८३ अंकले घटेर १८४९.७९ बिन्दुमा झरेको थियो।

२२ अर्ब रूपैयाँको कारोबार र ३२०० अंकसम्म पुगिसकेको बजार अहिले निरन्तर धरमराइरहेको छ। पछिल्लो समय १८०० को बिन्दुदेखि नै उतारचढावमा रहँदै आएको बजार लैगानीकर्तामैत्री देखिएको छैन। २०७८ फागुन मसान्तमा २६६८.१२ बिन्दुमा रहेको नेप्से उतारचढावमा रहँदै अहिले १८४९ को बिन्दुमा आइपुगेको हो। योबीचमा केही ठूला लगानीकर्ताको चलखेलले बजारमा केही दिन उछाल देखिए पनि स्थायी सुधारको आधार भेटिएको छैन। 

धितोपत्र बजारमा लगानीकर्ताको सहभागीताको अवस्था उत्साहजनक रूपमा बढिरहँदा पनि यस क्षेत्रमा हुनुपर्ने अन्य कामहरू सरकारका तर्फबाट नभएको आरोप संगठित लगानीकर्ताहरूले लगाउँदै आइरहेका छन्। अहिलेको अवस्थामा बजारका अन्य क्षेत्रमा सुधार देखिँदै जाँदा पनि पुँजी बजार ओरालोतिर हुनु सरकारी बेवास्ताकै शिकार भएको उनीहरूको भनाइ छ। 


प्रकाशित : बिहीबार , जेठ १८ २०८००९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend