बिहीबार , वैशाख १३ गते २०८१    
images
images

रोजाइमा परेको प्रिमियम विद्युतीय ट्याक्सी एक्सप्रेस टी अब झन् सुरक्षित

images
images
images
रोजाइमा परेको प्रिमियम विद्युतीय ट्याक्सी एक्सप्रेस टी अब झन् सुरक्षित

विद्युतीय ट्याक्सीको फ्लीट अपरेटरले आफ्नो गाडी कता छ, कति गुडेको छ र चालकले कुन गतिमा कसरी गाडी गुडाएको छ भनेर लोकोन्याव सिप्रदीको एपबाट सजिलै हेर्न पाउने छन्। 

images
images

कठमाडौं- काठमाडौं उपत्यकाका सडकहरुमा एकदम नयाँ तथा आकर्षक प्रिमियम विद्युतीय ट्याक्सी ‘एक्सप्रेस-टी’ गुड्न थालेको एक महिना पूरा भइसकेको छ।

images
images
images

उक्त विद्युतीय गाडी काठमाडौंको सडकमा फरक देखिने र वातावरणलाई पनि एकदम सुहाउने सार्वजनिक यातायात बनेको छ। यात्रुहरुको रोजाइमा परेको यो सार्वजनिक यातायात अब झन् अत्याधुनिक प्रविधि जडित भएर सुरक्षित बनेको छ।

images

टाटा मोटर्सको यस प्रिमियम विद्युतीय ट्याक्सीमा सिप्रदीले लोकोन्यावको जीपीस प्रविधि जडान गरेर फ्लीट म्यानेजमेन्टको समेत सुविधा उपलब्ध गराएको छ। एक्सप्रेस-टीका प्रिमियम विद्युतीय ट्याक्सी धनीहरुले अब आफ्नो मोबाइल फोनमार्फत नै आफ्नो गाडी कहाँ-कहाँ गुड्यो र कुन रुटमा गुड्यो भनेर हेर्न सक्नेछन्।

images

विद्युतीय ट्याक्सीको फ्लीट अपरेटरले आफ्नो गाडी कता छ, कति गुडेको छ र चालकले कुन गतिमा कसरी गाडी गुडाएको छ भनेर लोकोन्याव सिप्रदीको एपबाट सजिलै हेर्न पाउने छन्। 

images
images

जीपीस जडित गाडी ग्राहकहरुको सुरक्षाका लागि पनि उपयुक्त भएकोले ग्राहकहरुले पनि एक्सप्रेस-टी विद्युतीय ट्याक्सीलाई निकै रुचाएका छन्। आगामी समयमा यस जीपीस प्रविधिले सबै विद्युतीय सवारी साधनहरुलाई एउटै सिस्टममा ल्याउन र ट्रयाक गर्न मद्दत पुर्‍याउने छ।

टाटा मोटर्स को ‘एक्सप्रेस-टी’ विद्युतीय ट्याक्सी विभिन्न कारणले ग्राहक, यात्रु तथा सञ्चालकहरुले मन पराएका छन्। नयाँ प्रविधि का साथमा आकर्षक तथा सुरक्षित बनावट, पर्याप्त ठाउँ भएको ठूलो गाडी, सामान राख्न पर्याप्त बुट स्पेसले गर्दा पनि यो विद्युतीय गाडी रोजाइमा परेको हो।

tata XPRES-T.jpeg

विद्युतीय ट्याक्सीमा १० प्रतिशत कम भाडा

बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले २०७८ चैतमा भाडा समायोजन गर्दा पेट्रोल र विद्युतीय ट्याक्सीको भाडा अलग अलग हुनेगरि निर्धारण गरेको थियो। मन्त्रालयले निर्धारण गरेको भाडा दरअनुसार पेट्रोल ट्याक्सीको तुलनामा विद्युतीय ट्याक्सीको भाडा १० प्रतिशत कम हुने व्यवस्था गरेको छ। 

मन्त्रालयले भाडादर निर्धारण गरेर गुणस्तर तथा नापतौल कार्यालयलाई पत्राचार गरेको थियो। पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिलाई आधार मानेर प्रदेश सरकारले ट्याक्सीसहित सार्वजनिक यातायातको भाडा समायोजन गरेको थियो। त्यसयता भाडा समायोजन भएको छैन। मन्त्रालयले भाडा समायोजन गर्दा विद्युतीय ट्याक्सी सञ्चालनमा आएको थिएन। विद्युतीय ट्याक्सीसम्बन्धी मापदण्ड स्वीकृत भएर सोही मापदण्ड अनुरुपकै ट्याक्सी उपत्यकामा चल्न थालेका छन्। 

प्रदेश सरकारले गएको ०७८ चैतमा भाडा समायोजन गर्दा सुरुको फ्ल्याग डाउन शुल्क विद्युतीय ट्याक्सी र पेट्रोल ट्याक्सीमा समान ५० रूपैयाँ कायम गरेको छ। त्यसपछि प्रति २ सय मिटरको भाडा पेट्रोल ट्याक्सीका लागि १० रूपैयाँ निर्धारण भएको छ। त्यस्तै विद्युतीय ट्याक्सीका लागि प्रति २ सय मिटरको भाडा ९ रूपैयाँ हुने कायम गरिएको छ। 

रात्रीकालिन शुल्कमा पेट्रोल र विद्युतीय ट्याक्सीको प्रति २ मिटरको भाडामा २ रूपैयाँ अन्तर रहेको छ। पेट्रोल ट्याक्सीका लागि रात्रीकालिन भाडा प्रति २ सय मिटर १५ रूपैयाँ तोकिएको छ भने विद्युतीय ट्याक्सीका लागि प्रति २ सय मिटरको भाडा १३ रूपैयाँ मात्र तोकिएको छ। रात्रीकालिन भाडा बेलुकी ९ बजेदेखि बिहान ४ बजेसम्मका लागि मात्र लागु हुनेछ। 

सार्वजनिक यातायातको रुपमा रहेको ट्याक्सी अब ब्याट्रीमा आधारित विद्युतीय सेडान प्रयोगमा आएको छ। सरकारले ट्याक्सी पनि विद्युतीय चलाउन पाइने नियम बनाएसँगै सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्सले उत्पादन गरेको एक्सप्रेस टी विद्युतीय सेडान कारलाई ट्याक्सीमा रुपमा ग्राहकलाई हस्तान्तरण सुरु गरिसकेको छ। योसँगै काठमाडौं उपत्यकामा ट्याक्सी प्रयोग गर्न चाहनेले अब विद्युतीय ट्याक्सी प्रयोग गर्न सक्ने भएका छन्। 

सिप्रदीले ट्याक्सी चालकहरुलाई विद्युतीय ट्याक्सी केही साता अघिदेखि औपचारिक रुपमा हस्तान्तरण गरिसकेको छ। सुरुवाती चरणमा सिप्रदीले केही  ट्याक्सी हस्तान्तरण गरेको छ। अब उपत्यकाका यात्र्हरुले विद्युतीय ट्याक्सी चढ्न पाउने छन्। विद्युतीय ट्याक्सी सेडान सेगमेन्टको भएकाले निक्कै आरामदायी हुने दाबी कम्पनीको छ।  

सिप्रदीसँग अन्य केही कम्पनीहरुले पनि विद्युतीय ट्याक्सीका लागि मिल्ने गरि सेडान कार ल्याउने तयारी गरेका छन्। विद्युतीय ट्याक्सीका लागि उपयुक्त हुने र सरकारले तोकेको मापदण्डभन्दा राम्रो क्षमताको एक्सप्रेस टी विद्युतीय ट्याक्सी ल्याएको सिप्रदीले दाबी गरेको छ। बागमती प्रदेश सरकारले पुराना पेट्रोलियम ट्याक्सीको सट्टाभर्ना दर्ता गर्दा विद्युतीय ट्याक्सी नै दर्ता गर्नुपर्ने व्यवस्था गरेसँगै विद्युतीय ट्याक्सी दर्ता भएर गुड्न थालेका हुन्।  

tata XPRES-T.jpeg

बागमती प्रदेश सरकारले २०८५ भित्र प्रदेशमा चल्ने पेट्रोलियम सार्वजनिक सवारीसाधनलाई विद्युतीयले विस्थापित गर्ने नीति तय गरिसकेको छ। सोही नीतिलाई कार्यान्वयन गर्दै २० वर्ष पुरा भएका ट्याक्सी स्क्राप गर्नुपर्ने र त्यसको साटो विद्युतीय नै दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ। 

सिप्रदीले टाटाले उत्पादन गरेको एक्सप्रेस टी विद्युतीय सेडान कारलाई ट्याक्सीका रुपमा ल्याएको र त्यसले दिने आर्थिक तथा वातावरणीय लाभबारेसमेत ट्याक्सी चालकहरुलाई जानकारी गराइसकेको छ। त्यहीअनुसार चालकहरु विद्युतीत ट्याक्सी चलाउन उत्साहित देखिएका छन्। 

सिप्रदीले विद्युतीय ट्याक्सी ग्राहकलाई हस्तान्तरण गर्नुपूर्व नै चार्जिङ स्टेसनहरुको विस्तार र विद्युतीय ट्याक्सीका लागि डेडिकेटेड सर्भिस सेन्टर समेत सञ्चालनमा ल्याएको जनाएको छ। एक्सप्रेस टी विद्युतीय कार मल्टी ड्राइभ मोड (ड्राइभ र स्पोर्टस)मा उपलब्ध हुनेछ। त्यस्तै यो कारमा अगाडि डिस र पछाडि ड्रम ब्रेक छ भने हिल असिस्ट सिस्टम पनि छ। 

सीसीएसटू चार्जिङ स्ट्यान्डर्ड पोर्ट रहेको एक्सप्रेस टी १५ एम्पियर प्लग प्वाइन्टमार्फत शून्यदेखि ८० प्रतिशत चार्ज हुन ८ घण्टा ४५ मिनेट लाग्नेछ। त्यस्तै यो कार फास्ट चार्जर (२५ केडब्लू डीसी चार्जर) बाट शून्यदेखि ८० प्रतिशत पुग्न ६५ मिनेटमात्र लाग्नेछ। सिप्रदीले एक्सप्रेस टी ट्याक्सीमा रहेको ब्याट्री प्याक र मोटर तथा सवारीमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरसम्म वारेन्टी उपलब्ध गराउने जनाएको छ।

images

प्रकाशित : बिहीबार , जेठ १८ २०८००८:३२

प्रतिक्रिया दिनुहोस