शुक्रबार, असोज १२ गते २०८०    

नबिल बैंकले एकैपटक सञ्चालनमा ल्यायो ३८ नयाँ शाखा

images
नबिल बैंकले एकैपटक सञ्चालनमा ल्यायो ३८ नयाँ शाखा

३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २ सय ५५ पुगेको छ।

images

काठमाडौं- नबिल बैंक लिमिटेडले एकसाथ ३८ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

images

स्थापनाको ३८ वर्ष पार गरेको बैंकले बिहीबार केन्द्रीयस्तरमा एक विशेष कार्यक्रम गरी सातै प्रदेशमा एकसाथ ३८ वटा नयाँ शाखाको उद्घाटन गरेको हो।

images

बैंकका अनुसार बागमती प्रदेशमा १३, कोशी प्रदेशमा एक, मधेश प्रदेशमा ८, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुई वटा नयाँ शाखाको लागि उद्घाटन गरिएको हो।

images

डिजिटल उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, बैंकका उच्चपदस्थ अधिकारीहरू र बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

images

३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २ सय ५५ पुगेको छ।

 

images

प्रकाशित : बिहीबार , जेठ १८ २०८०११:३०

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ