मंगलबार, असोज १ गते २०८१    
images
images

सरकारले बाँड्ने १० हजार पाउने आधार के?

images
मंगलबार, कात्तिक १६ २०७८
images
images
सरकारले बाँड्ने १० हजार पाउने आधार के?

१० हजार रुपैयाँ पाउनका लागि स्थानीय तहले सूचना निकालेर छनोट भएपछि मात्रै १० हजार रुपैयाँ वितरण हुने गरी कार्यविधि तयार भएको छ।

images
images

काठमाडौं- सरकारले कोभिडबाट रोजगारी गुमाएर बेरोजगार भएका तथा अतिविपन्न नागरिकलाई १० हजार रुपैयाँ राहत वितरण गर्ने भएको छ।

images
images
images

अर्थमन्त्रालयले १० हजार रुपैयाँ वितरणका लागि आवश्यक कार्यविधि बनाइसकेको छ। अर्थमन्त्रालयले १० हजार रुपैयाँ दसैँअगाडि नै बाँड्ने तयारी गरेको थियो। तर १० हजार राहत रकम तिहारअगाडि पनि पाउन नसक्ने देखिएको छ। 

१० हजार रुपैयाँ पाउनका लागि स्थानीय तहले सूचना निकालेर छनोट भएपछि मात्रै १० हजार रुपैयाँ वितरण हुने गरी कार्यविधि तयार भएको छ।

सरकारबाट स्वीकृत भएको कार्यविधि राजपत्रमा कात्तिक १५ गते सोमबार मात्रै सार्वजनिक भएको छ।

images

कार्यविधिमा १० हजाार रुपैयाँ पाउनका लागि सबैभन्दा पहिलो बैंक खाता खोल्नु पर्ने छ। बैंक खाता खोलेका विपन्न नागरिकले सम्बन्धित निकायले सूचना निकालेपछि आफूले रकम पाउने आधारसहित निवेदन दिनु पर्ने छ। निवेदन दिने समय १५ दिने हुने छ। 

१० हजार रुपैयाँ पाउनका लागि चाहिने योग्यता

सरकारले कोभिड-१९ को महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको कारण भइरहेको रोजगारी गुमाइ आर्थिक रुपमा अत्ति विपन्न भएका ४ प्रकारका नागरिकले राहत पाउने भएका छन्।

१. विगतमा गर्दै आएका रोजगारी पूर्णरुपमा गुमाएको र रोजगारीको अर्को अवसरसमेत प्राप्त गर्न नसकी बेरोजगार भएको असंङ्गठित क्षेत्रको मजदूर वा कामदार

२. खुला सडक, फुटपाथ वा चौरमा खर्पन नाङ्लो, डोको आदिमा सामान राखेर बेच्ने अति विपन्न व्यवसायी

३. दैनिक ज्याला मजदुरी गर्ने भरिया, कृषि मजदूर, गोठाला, खेतला, ज्यालादारी श्रमिक, रिक्सा चालक, ठेलागाडा, मजदूर, सार्वजनिक यातायातका मजदूर, पर्यटक र भरिया

४. कोभिड-१९ संक्रमणको कारणबाट एकाघरपरिवारको आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भइ आर्थिक संकट झेल्नु परेको परिवार तथा अभिभावक  गुमाएका असाहय  नाबालक लाई स्याहार  गर्ने परिवार

तर  निवेदन दिँदाको समयमा निवेदकको एकाघरपरिवारका कुनै सदस्यले सरकारी, निजी वा अन्य कुनै सङ्घसंस्था वा वैदेशिक रोजगारीमा स्थायी, अस्थायी वा करारमा रोजगारीको अवसर प्राप्त गरी आयआर्जन गरिरहेको नागरिकले भने राहत रकम पाउने छैनन्।

यसैगरी परिवारको कुनै सदस्यले नेपाल सरकारबाट उपलब्ध हुने अन्य सामाजिक सुरक्षा (जेष्ठ नागरिक, एकल महिला, दलित वा अपाङ्ग) बापतको भत्ता वा नेपाल सरकार वा नेपालसरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संस्थाबाट निवृत्तभरण वा विदेशी सरकारबाट पेन्सन सुविधा प्राप्त गरिरहेकाले पनि यो रकम नपाउने कार्यविधिमा उल्लेख छ।

यसैगरी सञ्चित आय वा पैत्रिक सम्पत्तिबाट तत्कालको खर्च आवश्यकता पूरा गर्न सक्ने अवस्थामा रहेको, प्रधानमन्त्री रोजगार कार्यक्रम वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कार्यक्रम बमोजिम यस प्रयोजनका लागि एक पटक राहतको रूपमा नगद प्राप्त गरेको परिवारका सदस्यले पनि यस्तो राहत नपाउने भएका छन्।

रोजगारी गुमाएकालाई १० हजार बाँड्ने जनार्दनको योजना - कुन स्थानीय तहका कति जनाले पाउँछन् (सूचीसहित)

 


प्रकाशित : मंगलबार, कात्तिक १६ २०७८१२:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend